< Job 8 >
1 Then answered Bildad the Shuhite, and said:
तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
2 How long wilt thou speak such things? How long shall the words of thy mouth be like a strong wind?
“कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्।
3 Will God pervert judgment? Or will the Almighty pervert justice?
के परमेश्वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्ले ठिक कुरालाई बिगार्नुहुन्छ र?
4 As thy children sinned against him, He hath given them up to their transgression.
जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो।
5 But if thou wilt seek early to God, And make thy supplication to the Almighty, —
तर यदि तपाईंले परमेश्वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्सँग बिन्ती गर्नुभयो भने
6 If thou wilt be pure and upright, Surely he will yet arise for thee, And prosper thy righteous habitation;
यदि तपाईं निर्दोष र धर्मी हुनुहुन्छ भने, परमेश्वर आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ।
7 So that thy beginning shall be small, And thy latter end very great.
तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ।
8 For inquire, I pray thee, of the former age, And mark what hath been searched out by their fathers;
“पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्,
9 (For we are of yesterday and know nothing, Since our days upon the earth are but a shadow; )
किनकि हामी त हिजो मात्र जन्मेका हौँ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्।
10 Will not they instruct thee, and tell thee, And utter words from their understanding?
के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र?
11 “Can the paper-reed grow up without mire? Can the bulrush grow without water?
के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र?
12 While it is yet in its greenness, and is not cut down, It withereth before any other herb.
तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्।
13 Such is the fate of all who forget God; So perisheth the hope of the ungodly.
परमेश्वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; यसरी नै ईश्वरहीन मानिसहरूको आशा नष्ट हुन्छ।
14 His confidence shall come to nought, And his trust shall prove a spider's web.
तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ।
15 He shall lean upon his house, and it shall not stand; He shall lay fast hold on it, but it shall not endure.
तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन।
16 He is in full green before the sun, And his branches shoot forth over his garden;
तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्;
17 His roots are entwined about the heap, And he seeth the place of stones;
त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ।
18 When he shall be destroyed from his place, It shall deny him, saying, 'I never saw thee.'
तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’
19 Lo! such is the joy of his course! And others shall spring up from his place”
निश्चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्।
20 Behold, God will not cast away an upright man; Nor will he help the evil-doers.
“निश्चय नै परमेश्वरले निर्दोष मानिसलाई त्याग्नुहुन्न अथवा दुष्ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्न।
21 While he filleth thy mouth with laughter, And thy lips with gladness,
उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ।
22 They that hate thee shall be clothed with shame, And the dwelling-place of the wicked shall come to nought.
तपाईंका शत्रुहरू लाजले ढाकिनेछन्; र दुष्टका पालहरू रहनेछैनन्।”