< Job 3 >

1 At length Job opened his mouth, and cursed the day of his birth.
त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले।
2 And Job spake and said:
तिनले भने:
3 Perish the day in which I was born, and the night which said, “A man-child is conceived!”
“म जन्मेको त्यो दिनलाई धिक्‍कार होस्! र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!
4 Let that day be darkness; Let not God seek it from above; Yea, let not the light shine upon it!
त्यो दिन अन्धकारमा परिणत होस्; उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्; न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।
5 Let darkness and the shadow of death redeem it; Let a cloud dwell upon it; Let whatever darkeneth the day terrify it!
त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्; त्यो दिनमाथि बादल छाओस्; र घोर अन्धकारले भयभीत पारोस्।
6 As for that night, let darkness seize upon it; Let it not rejoice among the days of the year; Let it not come into the number of the months!
त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्; त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्; न त त्यो दिन कुनै महिनामा आओस्।
7 O let that night be unfruitful! Let there be in it no voice of joy;
त्यो रात बाँझो होस्; त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।
8 Let them that curse the day curse it, Who are skilful to stir up the leviathan!
दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत त्यो दिनलाई धिक्‍कारून्।
9 Let the stars of its twilight be darkened; Let it long for light, and have none; Neither let it see the eyelashes of the morning!
त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्; त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्। र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;
10 Because it shut not up the doors of my mother's womb, And hid not trouble from mine eyes.
किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन, न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।
11 Why died I not at my birth? Why did I not expire when I came forth from the womb?
“किन म जन्मँदै मरिनँ, अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?
12 Why did the knees receive me, And why the breasts, that I might suck?
किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू, र मलाई दूधपान गराउने स्तनहरू थिए?
13 For now should I lie down and be quiet; I should sleep; then should I be at rest,
नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ; म सुतेको अवस्थामा विश्राम पाउँथेँ।
14 With kings and counsellors of the earth, Who built up for themselves—ruins!
पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग, जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;
15 Or with princes that had gold, And filled their houses with silver;
सुन भएका भारदारहरूसँग, जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।
16 Or, as a hidden untimely birth, I had perished; As infants which never saw the light.
अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ, अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?
17 There the wicked cease from troubling; There the weary are at rest.
दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्; र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।
18 There the prisoners rest together; They hear not the voice of the oppressor.
त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्; न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।
19 The small and the great are there, And the servant is free from his master.
साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्; अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।
20 Why giveth He light to him that is in misery, And life to the bitter in soul,
“किन कष्‍टमा भएकाहरूलाई ज्योति, र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?
21 Who long for death, and it cometh not, And dig for it more than for hid treasures;
जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन; जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,
22 Who rejoice exceedingly, Yea, exult, when they can find a grave?
तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्; अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।
23 Why is light given to a man from whom the way is hid, And whom God hath hedged in?
मानिसलाई जीवन किन दिइन्छ? जसको मार्ग लुकिएको छ, जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।
24 For my sighing cometh before I eat, And my groans are poured out like water.
किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ; मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।
25 For that which I dread overtaketh me; That at which I shudder cometh upon me.
म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ; अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।
26 I have no peace, nor quiet, nor respite: Misery cometh upon me continually.
न मलाई शान्ति छ, न त सुख नै छ; मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”

< Job 3 >