< Job 29 >
1 Moreover Job continued his discourse, and said:
इयोबले आफ्नो बहस जारी राखेर भने:
2 O that I were as in months past, In the days when God was my guardian;
“अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु, किनकि ती दिनहरूमा परमेश्वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;
3 When his lamp shined over my head, And when by his light I walked through darkness!
जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्डुल गर्थेँ;
4 As I was in the autumn of my days, When the friendship of God was over my tent;
अहो, सुखका ती मेरा दिनहरू, जब परमेश्वरसँगको घनिष्ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;
5 When the Almighty was yet with me, And my children were around me;
जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;
6 When I bathed my steps in milk, And the rock poured me out rivers of oil!
जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे, र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।
7 When I went forth to the gate by the city, And took my seat in the market-place,
“जब म सहरको मूलढोकामा जान्थेँ, र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।
8 The young men saw me and hid themselves, And the aged arose and stood.
जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे, र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;
9 The princes refrained from speaking, And laid their hand upon their mouth.
सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे, र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;
10 The nobles held their peace, And their tongue cleaved to the roof of their mouth.
शासकहरूका आवाज मन्द हुन्थ्यो, र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।
11 When the ear heard me, then it blessed me; And when the eye saw me, it gave witness to me.
मलाई सुन्नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे, र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;
12 For I delivered the poor, when they cried; And the fatherless, who had none to help him.
किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ, मैले असहाय अनाथहरूलाई छुटाउथेँ।
13 The blessing of him that was ready to perish came upon me, And I caused the heart of the widow to sing for joy.
मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो; मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।
14 I clothed myself with righteousness, and it clothed itself with me; And justice was my robe and diadem.
मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ; न्याय मेरो लवेदा र मेरो फेटा थियो।
15 I was eyes to the blind, And feet was I to the lame;
म अन्धाका निम्ति आँखा, र लङ्गडाका निम्ति खुट्टा थिएँ।
16 I was a father to the poor, And the cause of him I knew not I searched out;
खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ; म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।
17 And I broke the teeth of the wicked, And plucked the spoil from his jaws.
मैले दुष्ट मनिसहरूका बङ्गारा तोडिदिएँ, र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।
18 Then said I, “I shall die in my nest; I shall multiply my days as the sand.
“मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु, मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।
19 My root is spread abroad to the waters, And the dew abideth on my branches.
मेरा जराहरू पानीसम्म पुग्नेछन्; र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।
20 My glory is fresh with me, And my bow gathereth strength in my hand.”
मेरो गौरव कहिल्यै घट्नेछैन; मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’
21 To me men gave ear, and waited, And kept silence for my counsel.
“मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे, चुपचाप लागेर मेरो सल्लाह पर्खिरहन्थे।
22 To my words they made no reply, When my speech dropped down upon them.
मैले बोलिसकेपछि तिनीहरूले भन्ने कुरा रहँदैनथ्यो; मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।
23 Yea, they waited for me as for the rain; They opened their mouths wide as for the latter rain.
तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे; र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।
24 If I smiled upon them, they believed it not; Nor did they cause the light of my countenance to fall.
मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो; मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थियो।
25 When I came among them, I sat as chief; I dwelt as a king in the midst of an army, As a comforter among mourners.
तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ; राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ; शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।