< Job 13 >

1 Lo! all this mine eye hath seen; Mine ear hath heard and understood it.
“मेरा आँखाले यी सबै कुरा देखेका छन्, मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु।
2 What ye know, I know also; I am not inferior to you.
तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; म पनि तपाईंहरूभन्दा कमको छैनँ।
3 But O that I might speak with the Almighty! O that I might reason with God!
तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु, र मेरो मुद्दाको विषयमा परमेश्‍वरसँग बहस गर्न चाहन्छु।
4 For ye are forgers of lies; Physicians of no value, all of you!
तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ!
5 O that ye would altogether hold your peace! This, truly, would be wisdom in you.
यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो।
6 Hear, I pray you, my arguments; Attend to the pleadings of my lips!
अब मेरो बहस सुन्‍नुहोस्; मेरा ओठका बिन्ती ध्यानसँग सुन्‍नुहोस्।
7 Will ye speak falsehood for God? Will ye utter deceit for him?
के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ? के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ?
8 Will ye be partial to his person? Will ye contend earnestly for God?
के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्‍वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ?
9 Will it be well for you, if he search you thoroughly? Can ye deceive him, as one may deceive a man?
यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र?
10 Surely he will rebuke you, If ye secretly have respect to persons.
यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने उहाँले तपाईंहरूलाई निश्‍चय नै हप्काउनुहुनेछ।
11 Doth not his majesty make you afraid, And his dread fall upon you?
के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र?
12 Your maxims are words of dust; Your fortresses are fortresses of clay.
तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटोजस्तै कमजोर छन्।
13 Hold your peace, and let me speak: And then come upon me what will!
“चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्; अनि ममाथि जे आइपर्ला, सो भोग्न तयार छु।
14 Why do I take my flesh in my teeth, And put my life in my hand?
मैले आफूलाई किन जोखिममा पारूँ, र मेरो जीवन आफ्नै हातमा लिएर हिँडूँ?
15 Lo! he slayeth me, and I have no hope! Yet will I justify my ways before him.
उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु; निश्‍चय नै म उहाँसामु आफ्नो निम्ति बहस गर्नेछु।
16 This also shall be my deliverance; For no unrighteous man will come before him.
सम्भवतः यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्‍ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्!
17 Hear attentively my words, And give ear to my declaration!
मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्!
18 Behold, I have now set in order my cause; I know that I am innocent.
अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु, म जान्दछु कि म निर्दोष ठहरिनेछु।
19 Who is he that can contend with me? For then would I hold my peace, and die!
कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? यदि सक्छ भने म चुपचाप बस्‍नेछु र मर्नेछु।
20 Only do not unto me two things, Then will I not hide myself from thy presence;
“हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ:
21 Let not thy hand be heavy upon me, And let not thy terrors make me afraid:
तपाईंको हात मबाट टाढा हटाउनुहोस्; र तपाईंका डरले मलाई भयभीत नपारोस्।
22 Then call upon me, and I will answer; Or I will speak, and answer thou me.
तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्।
23 How many are my iniquities and sins? Make me to know my faults and transgressions.
मैले कति गल्ती र पापहरू गरेँ? मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्।
24 Wherefore dost thou hide thy face, And account me as thine enemy?
किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?
25 Wilt thou put in fear the driven leaf? Wilt thou pursue the dry stubble?
के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ? के तपाईं सुकेको भुसलाई लखेट्नुहुन्छ?
26 For thou writest bitter things against me, And makest me inherit the sins of my youth.
किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ, र मैले जवानीमा गरेका पापहरूको कटनी गराउनुहुन्छ।
27 Yea, thou puttest my feet in the stocks, And waterest all my paths; Thou hemmest in the soles of my feet.
तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ; मेरा खुट्टाका पैतालाहरूमा छाप लगाउनुभएर, मेरा सबै कदमहरूलाई नजिकबाट नियाल्नुहुन्छ।
28 And I, like an abandoned thing, shall waste away; Like a garment which is moth-eaten.
“त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ, किराले खाएको लुगाझैँ नष्‍ट भएर जान्छ।

< Job 13 >