+ Job 1 >
1 In the land of Uz lived a man whose name was Job. He was an upright and good man, fearing God and departing from evil.
ऊज देशमा इयोब नाम गरेका एक जना मानिस थिए। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्वरको डर मान्थे र दुष्टताबाट टाढै बस्थे।
2 He had seven sons and three daughters.
तिनका सात छोरा र तीन छोरी थिए।
3 His substance was seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred she-asses, and a great number of servants; so that he was the greatest of all the inhabitants of the East.
तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।
4 Now it was the custom of his sons to make a feast in their houses, each on his day, and to send and invite their three sisters to eat and to drink with them.
तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे।
5 And when the days of their feasting had gone round, Job used to send for them and sanctify them, and to rise up early in the morning and offer burnt-offerings according to the number of them all; for Job said, It may be that my sons have sinned, and have renounced God in their hearts. Thus did Job continually.
जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।
6 Now on a certain day the sons of God came to present themselves before Jehovah, and Satan also came among them.
एक दिन परमेश्वरका दूतहरूले आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान पनि तिनीहरूसँगसँगै आयो।
7 And Jehovah said to Satan, Whence comest thou? Then Satan answered Jehovah, and said, From wandering over the earth, and walking up and down in it.
याहवेहले त्यसलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”
8 And Jehovah said to Satan, Hast thou observed my servant Job, that there is none like him in the earth, an upright and good man, fearing God and departing from evil?
तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्वरको डर मान्ने र दुष्टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।”
9 Then Satan answered Jehovah, Is it for nought that Job feareth God?
शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्वरको डर राखेको हो र?
10 Hast thou not placed a hedge around him, and around his house, and around all his possessions? Thou hast prospered the work of his hands, and his herds are greatly increased in the land.
के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्।
11 But only put forth thy hand, and touch whatever he possesseth, and to thy face will he renounce thee.
तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
12 And Jehovah said to Satan, Behold, all that he hath is in thy power; but upon him lay not thy hand. So Satan went forth from the presence of Jehovah.
याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ औँलाले समेत छुन पाउँदैनस्।” तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो।
13 Now on a certain day the sons and daughters of Job were eating and drinking wine in their eldest brother's house,
एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब
14 when a messenger came to Job, and said, The oxen were ploughing, and the asses feeding beside them,
एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए,
15 and the Sabaeans fell upon them, and took them away; the servants also they slew with the edge of the sword; and I only am escaped alone to tell thee.
तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
16 While he was yet speaking, there came also another, and said, The fire of God hath fallen from heaven, and hath burned up the sheep and the servants, and consumed them; and I only am escaped alone to tell thee.
त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्यो। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
17 While he was yet speaking, there came also another, and said, The Chaldaeans made out three bands, and fell upon the camels, and carried them away; the servants also they slew with the edge of the sword; and I only am escaped alone to tell thee.
त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
18 While he was yet speaking, there came also another, and said, Thy sons and thy daughters were eating and drinking wine in their eldest brother's house;
त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए;
19 and, lo! there came a great wind from the desert, and smote the four corners of the house, and it fell upon the young men, and they are dead; and I only am escaped alone to tell thee.
तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो घर तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
20 Then Job arose, and rent his mantle, and shaved his head, and fell down upon the ground, and worshipped;
तब इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे,
21 and said, Naked came I forth from my mother's womb, and naked shall I return thither. Jehovah gave, and Jehovah hath taken away; blessed be the name of Jehovah!
अनि तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ, र नाङ्गै फर्केर जानेछु। याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो; याहवेहको नामको प्रशंसा होस्।”
22 In all this Job sinned not, nor uttered vain words against God.
यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्वरलाई गलत कार्यको दोष नै लगाए।