< Ezekiel 38 >
1 And the word of Jehovah came to me, saying:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Son of man, set thy face against Gog, of the land of Magog, prince of Resh, Meshech, and Tubal, and prophesy against him,
“ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् ।
3 and say, Thus saith the Lord Jehovah: Behold, I am against thee, O Gog, prince of Resh, Meshech, and Tubal!
यसो भन्, ‘परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु ।
4 And I will turn thee about, and put rings into thy jaws; and I will bring thee forth, thee and all thine army, horses and horsemen, all of them clothed in gorgeous apparel, even a great multitude with bucklers and shields, all of them handling swords.
यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।
5 Persians, Ethiopians, and Lybians are with them, all of them with shields and helmets.
फारस, कूश र लिबिया तिनीहरूसँगै हुनेछन् । ती सबै जनाले ढाल बोकेका र टोप लगाएका हुनेछन् ।
6 Gomer and all his bands, the house of Togarmah from the north quarters, and all their hosts, many nations are with thee.
गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्!
7 Be prepared, and prepare for thyself, thou and all thy host that are assembled unto thee, and be thou their leader!
तयार हो! आफूलाई र आफूसित भेला भएका तेरा फौजलाई तयार राख्, र तिनीहरूका कमाण्डर हो ।
8 After many days shalt thou be appointed over them. In the latter years shalt thou come into a land that is brought back from the sword, gathered out of many nations upon the mountains of Israel, which had been long desolate; but it is brought forth out of the nations, and they shall dwell securely, all of them.
धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्त भएको हो र जुन धेरै समयसम्म भग्नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्नेछन् ।
9 Thou shalt go up like a storm, thou shalt come like a cloud, to cover the land, thou and all thy bands, and many nations with thee.
यसैले जसरी आँधी माथि जान्छ त्यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्ने बादलझैं हुनेछन् ।
10 Thus saith the Lord Jehovah: At the same time shall thoughts come into thy mind, and thou shalt meditate an evil design,
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्नेछन्, र तैंले दुष्ट युक्तिहरू रच्नेछस् ।’
11 and shalt say, “I will go up to the land of unwalled villages; I will go to them that are at rest, that dwell securely, all of them dwelling without walls, and having neither bars nor gates,
तब तैंले यसो भन्नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् ।
12 to take a spoil and to divide a prey, to turn my hand against the desolated places that have become inhabited, and against a people gathered out of the nations, possessing cattle and goods, dwelling in the heights of the earth.”
लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्नो हात उठाउनेछु ।’
13 Sheba, and Dedan, and the merchants of Tarshish, and all the chiefs thereof, shall say to thee, “Art thou come to take a spoil? Hast thou gathered thy company to divide a prey? to carry away silver and gold, to take away cattle and goods, and to divide great spoil?”
शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’
14 Therefore prophesy, son of man, and say to Gog, Thus saith the Lord Jehovah: In that day when my people Israel dwelleth securely, thou shalt observe it,
यसकारण, ए मानिसको छोरो, अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्छन्, के तैंले तिनीहरूका बारेमा जान्नेछैनस्?
15 and thou shalt come up from the regions of the North, thou and many nations with thee, all of them riding upon horses, a great company, and a mighty host;
तँ टाढा उत्तरको आफ्नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् ।
16 thou shalt come up against my people Israel like a cloud, to cover the land; in the latter days it shall come to pass, that I will bring thee against my land, that the nations may know me, when I shall be sanctified in regard to thee, before their eyes, O Gog!
जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्न सकून् ।
17 Thus saith the Lord Jehovah: Art thou not he of whom I spoke in old time by my servants, the prophets of Israel, who prophesied in those days and years, that I would bring thee against them?
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे?
18 And it shall come to pass in that day, in the day when Gog shall come against the land of Israel, saith the Lord Jehovah, that my anger shall ascend in fury.
यसैले यो परमप्रभु परमेश्वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ ।
19 For in my jealousy, in the fire of my wrath, have I spoken, Surely in that day there shall be a great shaking in the land of Israel,
मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ ।
20 so that the fishes of the sea, and the birds of the heavens, and the beasts of the field; and every creeping thing that creepeth upon the ground, and all the men that are upon the face of the earth, shall shake at my presence; and the mountains shall be thrown down, and the steep places shall fall, and every wall shall fall to the ground.
तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।
21 And I will call for a sword against him throughout all my mountains, saith the Lord Jehovah, and they shall all turn their swords against each other,
यो परमप्रभु परमेश्वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ ।
22 And I will contend against him with pestilence, and with blood; and overflowing showers, and great hailstones, fire and brimstone, will I rain upon him and his hosts, and the many nations that are with him.
तब त्यसलाई म रूढी र रगतले न्याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु ।
23 Thus will I show myself in my greatness and glory, and make myself known before the eyes of many nations, and they shall know that I am Jehovah.
म आफ्नो महान्ता र आफ्नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”