< Acts 7 >
1 And the high-priest said, Are then these things so?
प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?”
2 And he said, Brethren and fathers, hearken. The God of glory appeared to our father Abraham, when he was in Mesopotamia, before he dwelt in Haran,
स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्नुअगि महिमाका परमेश्वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।
3 and said to him, “Go forth from thy country and thy kindred, and come into the land which I will show thee.”
उहाँले तिनलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।”
4 Then came he out of the land of the Chaldaeans, and dwelt in Haran; and from thence, after his father was dead, he caused him to remove into this land wherein ye now dwell;
त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्नुहुन्छ ।
5 and he gave him no inheritance in it, no, not so much as to set his foot on; and he promised to give it to him for a possession, and to his posterity after him, when as yet he had no child.
उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्त पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।
6 And God spoke in this manner: “That his posterity should sojourn in a foreign land, and that they would bring them into bondage, and ill-treat them four hundred years;
परमेश्वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।
7 and the nation to which they shall be in bondage will I judge,” said God; “and after that they shall come forth, and shall worship me in this place.”
परमेश्वरले भन्नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।”
8 And he gave him the covenant of circumcision; and so he begat Isaac, and circumcised him on the eighth day; and Isaac begat Jacob, and Jacob the twelve patriarchs.
अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।
9 And the patriarchs, moved with envy, sold Joseph into Egypt; and God was with him,
कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो ।
10 and delivered him out of all his afflictions, and gave him favor and wisdom in the sight of Pharaoh king of Egypt; and he made him governor over Egypt, and all his house.
र उहाँले तिनलाई सबै दुःखकष्टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।
11 Now there came a famine over all the land of Egypt and Canaan, and great distress; and our fathers found no Sustenance.
त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठुलो सङ्कष्ट आइपर्यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
12 But Jacob, hearing that there was grain in Egypt, sent out our fathers first.
तर जब मिश्रमा अन्न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।
13 And at the second time Joseph was recognized by his brothers, and the kindred of Joseph became known to Pharaoh.
दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।
14 Then Joseph sent and called his father Jacob to him, and all his kindred, seventy five souls.
आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।
15 And Jacob went down [[into Egypt]], and died, he and our fathers.
त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।
16 And they were removed to Shechem, and laid in the tomb that Abraham bought for a sum of money of the sons of Hamor, the father of Shechem.
तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
17 But as the time of the promise drew near, which God solemnly made to Abraham, the people grew and multiplied in Egypt,
परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।
18 until another king arose, who knew not Joseph.
त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।
19 The same dealt subtly with our race, and ill-treated our fathers, so that they should cast out their infants, that they might not be preserved alive.
ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।
20 In which time Moses was born, and was exceedingly fair; who was nourished in his father's house three months.
त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो ।
21 And when he was cast out, Pharaoh's daughter took him up, and nourished him for herself as a son.
जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।
22 And Moses was instructed in all the wisdom of the Egyptians, and was mighty in his worlds and deeds.
मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने ।
23 And when he was forty years old, it came into his heart to visit his brethren, the sons of Israel.
तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो ।
24 And seeing one of them suffer wrong, he defended him, and avenged him that was oppressed by smiting the Egyptian.
एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए ।
25 For he supposed his brethren would understand that God through his hand would give them salvation; but they understood not.
परमेश्वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।
26 And the next day he showed himself to them as they were contending, and urged them to peace, saying, Ye are brethren; why do ye wrong one another?
अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ?”
27 But he who was wronging his neighbor thrust him away, saying, “Who made thee a ruler and a judge over us?
तर जसले आफ्नो छिमेकीलाई हानि पुर्याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो?
28 Dost thou mean to kill me, as thou didst kill the Egyptian yesterday?”
हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ?”
29 And Moses fled at this saying, and became a sojourner in the land of Midian, where he begat two sons.
यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने ।
30 And when forty years were completed, there appeared to him in the wilderness of Mount Sinai an angel in the flaming fire of a bush.
चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।
31 And Moses seeing it wondered at the sight; and as he drew near to behold it, the voice of the Lord came [[to him]],
मोशाले ज्वालालाई देखेपछि तिनी छक्क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो,
32 saying, “I am the God of thy fathers, the God of Abraham and Isaac and Jacob.” And Moses trembled and durst not behold.
“तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।
33 And the Lord said to him, “Loose the sandals from thy feet; for the place where thou standest is holy ground.
परमप्रभुले तिनलाई भन्नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो ।
34 I have surely seen the oppression of my people in Egypt, and I have heard their groaning, and am come down to deliver them; and now, come, I will send thee into Egypt.”
निश्चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्टलाई देखेको छु । मैले तिनीहरूको क्रन्दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।”
35 This Moses, whom they denied, saying, “Who made thee a ruler and a judge?” this very man did God send both as a ruler and a redeemer with the hand of the angel who appeared to him in the bush.
यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?”, तिनैलाई परमेश्वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्वरले तिनलाई पठाउनुभयो ।
36 This very man brought them out, working wonders and signs in the land of Egypt, and in the Red Sea, and in the wilderness forty years.
मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।
37 This is the Moses who said to the sons of Israel, “A prophet will God raise up to you from among your brethren, as he raised up me.”
यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ ।”
38 This is he that was in the assembly in the wilderness with the anger who spake to him on Mount Sinai, and with our fathers; who received the living oracles to give to us;
यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्त गरे ।
39 to whom our fathers would not be obedient, but thrust him from them, and in their hearts turned back into Egypt,
यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।
40 saying to Aaron, “Make us gods who shall go before us; for as for this Moses, who brought us out of the land of Egypt, we know not what is become of him.”
त्यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।”
41 And they made a calf in those days, and offered sacrifice to the idol, and rejoiced in the works of their own hands.
ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए ।
42 But God turned away, and gave them up to worship the host of heaven; as it is written in the book of the Prophets, “Did ye offer to me slain beasts and sacrifices for forty years in the wilderness, O house of Israel?
तर परमेश्वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र?”
43 And ye took up the tabernacle of Moloch, and the star of the god Rephan, the figures which ye made to worship them; and I will carry you away beyond Babylon.”
तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।”
44 Our fathers had the tabernacle of the testimony in the wilderness, as he that spoke to Moses commanded that he should make it according to the pattern that he had seen;
उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।
45 which also our fathers received and brought in with Joshua, at their taking possession of the gentiles whom God drove out from before our fathers, until the days of David;
हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,
46 who found favor before God, and asked that he might find a habitation for the God of Jacob.
जसले परमेश्वरको दृष्टिमा निगाह पाए र तिनले याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
47 But Solomon built him a house.
तर सोलोमनले परमेश्वरको निम्ति एउटा भवन बनाए ।
48 Yet the Most High dwelleth not in [[temples]] made with hands; as saith the prophet,
तथापि सर्वोच्च परमेश्वर हातले बनाएका घरहरूमा बस्नुहुन्न जस्तो अगमवक्ताले भनेका छन्ः
49 “Heaven is my throne, and the earth is my footstool. What house will ye build for me? saith the Lord; or what is the place of my rest?
‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?
50 Did not my hands make all these things?”
के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’
51 Stiffnecked, and uncircumcised in heart and ears! ye do always resist the Holy Spirit; as your fathers did, so do ye.
हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
52 Which of the prophets did not your fathers persecute? And they slew those who foretold the coming of the righteous one, of whom ye have now become the betrayers and murderers;
तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्तालाई सताएनन्? तिनीहरूले अगमवक्ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्वासघाती र उहाँका हत्यारा बन्नु भएको छ ।
53 ye who received the Law as ordained through angels, and did not keep it.
तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”
54 But when they heard these things, their hearts were filled with rage, and they gnashed their teeth at him.
जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।
55 But, being full of the Holy Spirit, he looked up earnestly into heaven, and saw the glory of God, and Jesus standing on the right hand of God,
तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्वरको महिमा साथै येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे ।
56 and said, Lo, I behold the heavens opened, and the Son of man standing on the right hand of God.
स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”
57 And they cried out with a loud voice, and stopped their ears, and rushed upon him with one accord;
तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।
58 and having cast him out of the city, they stoned him. And the witnesses laid down their garments at the feet of a young man named Saul;
तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्त्रहरू खोलेर राखे ।
59 and they stoned Stephen, making supplication, and saying, Lord Jesus, receive my spirit.
तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”
60 And kneeling down he cried with a loud voice, Lord, lay not this sin to their charge. And saying this, he fell asleep.
तिनले घुँडा टेकी ठुलो सोरले चिच्च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।