< 2 Thessalonians 1 >

1 Paul, and Silvanus, and Timothy, to the church of the Thessalonians in God our Father and the Lord Jesus Christ:
पावल, सिलास र तिमोथीबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई,
2 Grace be to you, and peace, from God the Father and the Lord Jesus Christ.
परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।
3 We ought to thank God always for you, brethren, as is fit, because your faith increaseth exceedingly, and the love of every one of you all toward each ether aboundeth;
भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
4 so that we ourselves glory in you among the churches of God, for your constancy and faith in all your persecutions and the afflictions which ye endure;
त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
5 an indication of the righteous judgment of God, by which ye will be counted worthy of the kingdom of God, for which ye are also suffering;
यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
6 since it will be just with God to repay distress to them that distress you,
तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो,
7 and to you the distressed rest with us, when the Lord Jesus shall be manifested from heaven, with the angels of his might,
र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
8 in flaming fire, taking vengeance on them that know not God, and that obey not the gospel of our Lord Jesus;
जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
9 who will be punished with everlasting destruction proceeding from the presence of the Lord and from the glory of his power, (aiōnios g166)
तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्, (aiōnios g166)
10 when he shall come in that day to be glorified in his saints, and to be admired in all who believed; for our testimony to you was believed.
तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
11 For which end we also pray always for you, that our God may count you worthy of your calling, and perfect [[in you]] all pleasure in goodness, and the work of faith, with power;
यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून् ।
12 that the name of our Lord Jesus Christ may be glorified in you, and ye in him, according to the grace of our God and of the Lord Jesus Christ.
हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

< 2 Thessalonians 1 >