< 1 John 3 >
1 See what kind of love the Father has bestowed on us, that we should be called children of God; and we are. For this reason the world does not know us, because it did not know him.
हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
2 Beloved, now we are children of God, and it is not yet revealed what we will be. We know that, when he is revealed, we will be like him; for we will see him just as he is.
प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
3 Everyone who has this hope set on him purifies himself, even as he is pure.
उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
4 Everyone who sins also commits lawlessness. Sin is lawlessness.
पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।
5 You know that he was revealed to take away sins, and in him is no sin.
पापहरू हटाई लानलाई नै ख्रीष्ट प्रकट हुनुभयो भन्ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
6 Whoever remains in him does not sin. Whoever sins hasn't seen him, neither knows him.
उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
7 Children, let no one lead you astray. He who does righteousness is righteous, even as he is righteous.
प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।
8 He who sins is of the devil, for the devil has been sinning from the beginning. To this end the Son of God was revealed, to destroy the works of the devil.
जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्ट गर्नुभएको होस् ।
9 Whoever is born of God does not commit sin, because his seed remains in him; and he cannot sin, because he is born of God.
जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो ।
10 In this the children of God are revealed, and the children of the devil. Whoever does not do righteousness is not of God, neither is he who does not love his brother.
यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
11 For this is the message which you heard from the beginning, that we should love one another;
तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12 unlike Cain, who was of the evil one, and killed his brother. Why did he kill him? Because his works were evil, and his brother's righteous.
कयिनजस्तो होइन जो दुष्टको थियो र त्यसले आफ्नो भाइलाई मार्यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका कामहरू दुष्ट थिए र उसको भाइका काम धार्मिक थिए ।
13 Therefore do not be surprised, brothers, if the world hates you.
मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
14 We know that we have passed out of death into life, because we love the brothers. He who does not love remains in death.
हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
15 Whoever hates his brother is a murderer, and you know that no murderer has everlasting life remaining in him. (aiōnios )
जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । (aiōnios )
16 By this we know love, because he laid down his life for us. And we ought to lay down our lives for the brothers.
यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
17 But whoever has the world's goods, and sees his brother in need, and closes his heart of compassion against him, how does the love of God remain in him?
तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्वरको प्रेम त्यसमा रहन्छ?
18 Little children, let us not love in word only, neither with the tongue only, but in deed and truth.
मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
19 And by this we will know that we are of the truth, and persuade our heart before him,
यसैद्वारा हामी सत्यका हौँ भन्ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्ने निश्चय गर्छौं ।
20 because if our heart condemns us, God is greater than our heart, and knows all things.
किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्नुहुन्छ ।
21 Beloved, if our hearts do not condemn us, we have confidence before God;
प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्वरप्रति दृढ छौँ ।
22 and whatever we ask, we receive from him, because we keep his commandments and do the things that are pleasing in his sight.
अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं ।
23 This is his commandment, that we should believe in the name of his Son, Jesus Christ, and love one another, even as he commanded us.
अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
24 He who keeps his commandments remains in him, and he in him. By this we know that he remains in us, by the Spirit which he gave us.
जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।