< Galatians 6 >
1 Brothers, even if someone is caught in some wrongdoing, you who are spiritual must restore such a one in a spirit of gentleness; looking to yourself so that you also are not tempted.
भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
2 Bear one another's burdens, and so you will fulfill the law of Christ.
एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ ।
3 For if anyone thinks himself to be something when he is nothing, he deceives himself.
किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
4 But let each one test his own work, and then he will take pride in himself and not in his neighbor.
हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।
5 For every person will bear his own load.
किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ ।
6 But let him who is taught in the word share all good things with him who teaches.
जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
7 Do not be deceived. God is not mocked, for whatever a person sows, that he will also reap.
धोकामा नपर । परमेश्वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।
8 For he who sows to his own flesh will from the flesh reap corruption. But he who sows to the Spirit will from the Spirit reap everlasting life. (aiōnios )
किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ । (aiōnios )
9 Let us not be weary in doing good, for we will reap in due season, if we do not give up.
हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ ।
10 So then, as we have opportunity, let us do what is good toward all people, and especially toward those who are of the household of the faith.
त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
11 See with what large letters I write to you with my own hand.
हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
12 As many as desire to make a good showing in the flesh, they compel you to be circumcised; only that they may not be persecuted for the cross of Christ.
शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्टको क्रुसको खातिर सतावट भोग्नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।
13 For even they who receive circumcision do not keep the law themselves, but they desire to have you circumcised, that they may boast in your flesh.
किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
14 But far be it from me to boast, except in the cross of our Lord Jesus Christ, through which the world has been crucified to me, and I to the world.
हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
15 For neither is circumcision anything, nor uncircumcision, but a new creation.
किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्टि महत्त्वपूर्ण छ ।
16 As many as walk by this rule, peace and mercy be on them, and on God's Israel.
यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
17 From now on, let no one cause me any trouble, for I bear the marks of Jesus branded on my body.
अब उप्रान्त मलाई कसैले दु: ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु ।
18 The grace of our Lord Jesus Christ be with your spirit, brothers. Amen.
भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस् । आमेन ।