< Romans 16 >
1 I commend to you Phoebe, our sister, who is a shammash of the congregation that is at Cenchreae,
किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु ।
2 that you receive her in the Lord, in a way worthy of the kadoshim, and that you assist her in whatever matter she may need from you, for she herself also has been a helper of many, and of my own self.
ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।
3 Greet Prisca and Aquila, my fellow workers in Messiah Yeshua,
ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,
4 who for my life, laid down their own necks; to whom not only I give thanks, but also all the congregations of the non-Jewsish people.
जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
5 Greet the congregation that is in their house. Greet Epaenetus, my beloved, who is the first fruits of Asia to Messiah.
तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टमा एसियाको पहिलो फल हुन् ।
6 Greet Miriam, who labored much for you.
मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् ।
7 Greet Andronicus and Junia, my compatriots and my fellow prisoners, who are notable among the emissaries, who also were in Messiah before me.
एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्ट छन्, जो मभन्दा पहिले नै ख्रीष्टमा थिए ।
8 Greet Ampliatus, my beloved in the Lord.
प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।
9 Greet Urbanus, our fellow worker in Messiah, and Stachys, my beloved.
उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।
10 Greet Apelles, the approved in Messiah. Greet those who are of the household of Aristobulus.
ख्रीष्टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।
11 Greet Herodion, my kinsman. Greet them of the household of Narcissus, who are in the Lord.
मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
12 Greet Tryphaena and Tryphosa, who labor in the Lord. Greet Persis, the beloved, who labored much in the Lord.
प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
13 Greet Rufus, the chosen in the Lord, and his mother and mine.
प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ ।
14 Greet Asyncritus, Phlegon, Hermes, Patrobas, Hermas, and the brothers who are with them.
असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।
15 Greet Philologus and Julia, Nereus and his sister, and Olympas, and all the kadoshim who are with them.
फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्वासीहरूलाई अभिवादन देओ ।
16 Greet one another with a holy kiss. The congregations of Messiah greet you.
एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
17 Now I appeal to you, brothers, look out for those who are causing the divisions and occasions of stumbling, contrary to the doctrine which you learned, and turn away from them.
अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
18 For those who are such do not serve our Lord the Messiah, but their own belly; and by their smooth and flattering speech, they deceive the hearts of the innocent.
किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
19 For your obedience has become known to all. I rejoice therefore over you. But I desire to have you wise in that which is good, but innocent in that which is evil.
किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्ने म चाहन्छु ।
20 And the God of peace will quickly crush Satan under your feet. The grace of our Lord Yeshua the Messiah be with you.
शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसित रहोस् ।
21 Timothy, my fellow worker, greets you, as do Lucius, Jason, and Sosipater, my relatives.
मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
22 I, Tertius, who write the letter, greet you in the Lord.
यो पत्र लेख्ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
23 Gaius, my host and host of the whole congregation, greets you. Erastus, the treasurer of the city, greets you, as does Quartus, the brother.
गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
[नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६:२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
25 Now to him who is able to establish you according to my Good News and the proclamation of Yeshua the Messiah, according to the revelation of the mystery which has been kept secret through long ages, (aiōnios )
अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ, (aiōnios )
26 but now is revealed, and by the Scriptures of the prophets, according to the commandment of the eternal God, is made known for obedience of faith to all the nations; (aiōnios )
तर अब सारा गैरयहूदीहरूका बिचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ, (aiōnios )
27 to the only wise God, through Yeshua the Messiah, to whom be the glory forever. Amen. (aiōn )
एक मात्र बुद्धिमान् परमेश्वरलाई, येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस् । आमेन! (aiōn )