< Daniel 9 >
1 In the first year of Daryavesh the son of Achashyerosh, of Median descent, who was made king over the realm of the Chaldeans—
दारा मादी वंशका अहासूरसका छोरा थिए । यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो ।
2 in the first year of his reign I, Daniel, understood from the books the number of the years about which the word of the LORD came to Jeremiah the prophet, for the completion of the desolation of Jerusalem, seventy years.
अब दाराले राज्य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्यागिएको अवस्थामा सत्तरी वर्षसम्म रहन्छ भनिएको मैले देखें ।
3 And I turned to the Lord God, to seek by prayer and petitions, with fasting and sackcloth and ashes.
उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्दै परमप्रभु परमेश्वरको खोजी गर्न मैले आफ्नो अनुहार उहाँतर्फ फर्काएँ ।
4 I prayed to the LORD my God, and made this confession, "O Lord, the great and awesome God, who keeps his covenant and loving kindness with those who love him and keep his commandments.
परमप्रभु आफ्नो परमेश्वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्नेलाई प्रेम गर्न तपाईं विश्वासयोग्य हुनुहुन्छ ।
5 We have sinned, and have done what is wrong and wicked, and have rebelled, even turning aside from your commandments and from your ordinances.
हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।
6 Neither have we listened to your servants the prophets, who spoke in your name to our kings, our leaders, and our fathers, and to all the people of the land.
तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं ।
7 Lord, righteousness belongs to you, but to us open shame, as at this day, to the men of Judah, and to the inhabitants of Jerusalem, and to all Israel, who are near, and who are far off, through all the countries where you have driven them, because of their unfaithful deeds that they have committed against you.
हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्न ठाउँहरूमा छरपष्ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्वासघातको कारणले नै यस्तो भएको हो ।
8 LORD, to us belongs open shame, to our kings, to our leaders, and to our fathers, because we have sinned against you.
हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
9 To the Lord our God belong compassion and forgiveness, for we have rebelled against him.
दया र क्षमा परमप्रभु हाम्रा परमेश्वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।
10 And have not obeyed the voice of the LORD our God, to walk in his laws, which he set before us by his servants the prophets.
आफ्ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं ।
11 Yes, all Israel has transgressed your law, and turned away, refusing to obey your voice. Therefore has the curse been poured out on us, and the oath that is written in the Law of Moses the servant of God, for we have sinned against you.
तपाईंको वचन पालन गर्नलाई इन्कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।
12 He has confirmed his words, which he spoke against us, and against our rulers who ruled us, by bringing on us a great calamity; for under the whole heaven such has not been done as has been done on Jerusalem.
परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।
13 As it is written in the Law of Moses, all this calamity has come on us. Yet have we not tried to gain the favor of the LORD our God, that we should turn from our iniquities, and have discernment in your truth.
मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्म बिन्ती गरेका छैनौं ।
14 Therefore has the LORD watched over the calamity, and brought it on us, for the LORD our God is just in all he has done, and we have not obeyed his voice.
यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।
15 "And now, Lord our God, who has brought your people forth out of the land of Egypt with a mighty hand, and have made a name for yourself, even to this day; we have sinned, we have done wickedly.
अब हे परमप्रभु हाम्रा परमेश्वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्नुभएको छ । तापनि हामीले अझै पाप गर्यौं, र हामीले दुष्ट काम गरेका छौं ।
16 Lord, according to all your righteousness, let your anger and please let your wrath be turned away from your city Jerusalem, your holy mountain; because for our sins, and for the iniquities of our fathers, Jerusalem and your people have become a reproach to all who are around us.
हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् ।
17 Now therefore, our God, listen to the prayer of your servant, and to his petitions, and cause your face to shine on your sanctuary that is desolate, for the Lord's sake.
अब हे हाम्रा परमेश्वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् ।
18 My God, turn your ear, and hear; open your eyes, and see our desolation, and the city which is called by your name. For we do not present our petitions before you for our righteousness, but for your great mercy.
मेरा परमेश्वर, आफ्ना कान खोल्नुहोस् र सुन्नुहोस् । आफ्ना आँखा खोल्नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं ।
19 Lord, hear. Lord, forgive. Lord, listen and take action. Do not delay, for your own sake, my God, because your city and your people are called by your name."
हे परमप्रभु सुन्नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्वर, तपाईंको आफ्नै निम्ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्छन् ।”
20 While I was speaking, and praying, and confessing my sin and the sin of my people Israel, and presenting my petition before the LORD my God for the holy mountain of my God,
जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्ना मानिस इस्राएलका पाप स्विकार गरिरहेको थिएँ, र परमेश्वरको पवित्र पर्वत निम्ति परमप्रभु मेरा परमेश्वरको सामु मेरा बिन्तीहरू राख्दै थिएँ—
21 while I was speaking in prayer, the man Gabriel, whom I had seen in the vision at the beginning, came to me in my weariness about the time of the evening sacrifice.
मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।
22 He instructed me, and talked with me, and said, "Daniel, I have now come forth to give you wisdom and understanding.
उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्टि र समझ दिनलाई अहिले म आएको हुँ ।
23 At the beginning of your petitions the commandment went forth, and I have come to tell you, for you are greatly loved. Therefore consider the matter, and understand the vision.
तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
24 Seventy weeks are decreed on your people and on your holy city, to put an end to the transgression, and to make an end to sin, and to atone for iniquity, and to bring in everlasting righteousness, and to seal up vision and prophecy, and to anoint the most holy place.
तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्त्य गर्न र पापलाई अन्त्य गर्न, दुष्टताको निम्ति पश्चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ ।
25 Know therefore and understand that from the going forth of the commandment to restore and to build Jerusalem until the time of the Messiah, the Prince, there shall be seven weeks, and sixty-two weeks. It shall be built again, with open spaces and a moat, but in times of distress.
यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ ।
26 After the sixty-two weeks the Messiah shall be cut off, and shall have nothing. And the people of a ruler who shall come shall destroy the city and the sanctuary; and his end shall come with a flood, and until the end there shall be war; desolations are decreed.
बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
27 He shall make a firm covenant with many for one week: and in the midst of the week he shall cause the sacrifice and the offering to cease. And on the wing of abominations shall come one who destroys, and even until a complete destruction, until the decreed end is poured out on the one who destroys."
एउटा सातको निम्ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्यक्ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्यक्तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”