< 1 Corinthians 12 >
1 Now concerning spiritual things, brothers, I do not want you to be ignorant.
भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ ।
2 You know that when you were unbelievers, you were led away to those mute idols, however you might be led.
तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्ने मूर्तितिर बहकाइएका थियौ ।
3 Therefore I make known to you that no one speaking by God's Ruach says, "Yeshua is accursed." No one can say, "Yeshua is Lord," but by the Ruach ha-Kodesh.
त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन ।
4 Now there are various kinds of gifts, but the same Ruach.
वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।
5 There are various kinds of service, and the same Lord.
सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ ।
6 There are various kinds of workings, but the same God, who works all things in all.
कामहरू विभिन्न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्वर एउटै हुनुहुन्छ ।
7 But to each one is given the manifestation of the Ruach for the profit of all.
सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।
8 For to one is given through the Ruach the word of wisdom, and to another the word of knowledge, according to the same Ruach;
किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।
9 to another faith, by the same Ruach; and to another gifts of healings, by the one Ruach;
त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।
10 and to another workings of miracles; and to another prophecy; and to another discernings of spirits; to another different kinds of tongues; and to another the interpretation of tongues.
एउटालाई शक्तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।
11 But the one and the same Ruach works all of these, distributing to each one separately as he desires.
तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
12 For as the body is one, and has many members, and all the members of the body, being many, are one body; so also is Messiah.
जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्टमा पनि त्यस्तै हुन्छ ।
13 For in one Ruach we were all immersed into one body, whether Jews or Greeks, whether bond or free; and were all given to drink of one Ruach.
किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
14 For the body is not one member, but many.
किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
15 If the foot would say, "Because I'm not a hand, I'm not part of the body," that would not make it less a part of the body.
यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन ।
16 And if the ear would say, "Because I'm not the eye, I'm not part of the body," that would not make it less a part of the body.
र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन ।
17 If the whole body were an eye, where would the hearing be? If the whole were an ear, where would the sense of smell be?
यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट?
18 But as a matter of fact, God has arranged the members of the body, each one of them, according to his design.
तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो ।
19 If they were all the same member, where would the body be?
यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र?
20 So now there are many members, but one body.
यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ ।
21 The eye cannot say to the hand, "I have no need for you," or again the head to the feet, "I have no need for you."
आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
22 On the contrary, those members which seem to be weaker are essential,
बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् ।
23 and the parts which we think less honorable we treat with greater honor, and our unpresentable parts are treated with dignity,
अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ ।
24 whereas our presentable parts have no such need. But God has put the body together, giving greater honor to the lesser member,
देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन् । तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।
25 that there may be no division in the body, but that the members should have the same concern for one another.
शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।
26 When one member suffers, all the members suffer with it. If a member is honored, all rejoice with it.
कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
27 Now you are the body of Christ, and members individually.
अब तिमीहरू ख्रीष्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ ।
28 God has set some in the church: first apostles, second prophets, third teachers, then miracle workers, then gifts of healings, helps, governments, and various kinds of tongues.
अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषाका वरदान पाएकाहरूलाई नियुक्त गर्नुभएको छ ।
29 Are all apostles? Are all prophets? Are all teachers? Are all miracle workers?
के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्तिशाली कार्यहरू गर्छौं?
30 Do all have gifts of healings? Do all speak with tongues? Do all interpret?
के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्?
31 But earnestly desire the greater gifts. Moreover, I show a most excellent way to you.
जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।