< Song of Solomon 1 >

1 The Song of songs, which is Solomon's.
सोलोमनको श्रेष्‍ठगीत।
2 Let him kiss me with the kisses of his mouth; for your love is better than wine.
उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ।
3 Your oils have a pleasing fragrance. Your name is oil poured forth, therefore the virgins love you.
तपाईंका अत्तरहरूका सुबास्‍ना सुगन्धित छ; अत्तर खन्याइएको बास्‍नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्‍नुपर्दैन!
4 Take me away with you. Let us hurry. The king has brought me into his chambers. We will be glad and rejoice in you. We will praise your love more than wine. They are right to love you.
मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। मित्रहरू तिमीमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। प्रेमिका तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्!
5 I am dark, but lovely, you daughters of Jerusalem, like Kedar's tents, like Solomon's curtains.
हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै।
6 Do not stare at me because I am dark, because the sun has scorched me. My mother's sons were angry with me. They made me keeper of the vineyards. I haven't kept my own vineyard.
म काली भएकीले छक्‍क परेर मलाई नहेर; किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्‍यो।
7 Tell me, you whom my soul loves, where you graze your flock, where you rest them at noon; For why should I be as one who is veiled beside the flocks of your companions?
हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ?
8 If you do not know, most beautiful among women, follow the tracks of the sheep. Graze your young goats beside the shepherds' tents.
हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्‍याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ।
9 I have compared you, my love, to a steed in Pharaoh's chariots.
हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु।
10 Your cheeks are beautiful with earrings, your neck with strings of jewels.
तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्।
11 We will make you earrings of gold, with studs of silver.
हामी तिम्रा लागि चाँदीका दाना जडिएका सुनका लुर्कनहरू बनाउनेछौँ।
12 While the king sat at his table, my perfume spread its fragrance.
महाराजा आफ्नो भोजका टेबुलमा बस्‍नुहुँदा, मेरो अत्तरको सुबास्‍ना फैलिन्छ।
13 My beloved is to me a sachet of myrrh, that lies between my breasts.
मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ।
14 My beloved is to me a cluster of henna blossoms from the vineyards of En Gedi.
मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ।
15 Look, you are beautiful, my love. Look, you are beautiful. Your eyes are doves.
हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
16 Look, you are beautiful, my beloved, yes, pleasant; and our couch is verdant.
हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! कत्ति सुन्दर हुनुहुन्छ! हाम्रो ओछ्यान लहलहाउँदो छ।
17 The beams of our house are cedars. Our rafters are firs.
हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्‍ला रूखका छाना छन्।

< Song of Solomon 1 >