< Ezra 10 >

1 Now while Ezra prayed and made confession, weeping and casting himself down before God's house, there was gathered together to him out of Israel a very great assembly of men and women and children; for the people wept very bitterly.
जब एज्रा परमेश्‍वरको भवन अगिल्तिर भुइँमा लम्पसार परेर रुँदै पाप स्वीकार गर्दै प्रार्थना गर्दैथिए, तब इस्राएलीहरूको एउटा विशाल भीड—पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू, तिनको वरिपरि भेला भए। तिनीहरू सबै धुरुधुरु रोए।
2 Shecaniah the son of Jehiel, one of the sons of Elam, answered Ezra, "We have trespassed against our God, and have married foreign women of the peoples of the land. Yet now there is hope for Israel concerning this thing.
त्यसपछि एलामको घरानाबाट यहीएलको छोरा शकन्याहले एज्रालाई भने, “हामीले हाम्रा वरिपरिका मानिसहरूबाट विदेशी स्त्रीहरूलाई विवाह गरेर हाम्रा परमेश्‍वरप्रति विश्‍वासघात गरेका छौँ। तर यस्तो पाप गरेको भए तापनि इस्राएलको निम्ति अझै आशा छ।
3 Now therefore let us make a covenant with our God to put away all the wives, and such as are born of them, according to the counsel of my lord, and of those who tremble at the commandment of our God. Let it be done according to the law.
अब हाम्रा परमेश्‍वरको आज्ञाको डर मान्‍नेहरू र मेरा प्रभुको सल्‍लाहबमोजिम यी सबै कनानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई यहाँबाट टाढा पठाउन हामी हाम्रा परमेश्‍वरको अगि एउटा वाचा बाँधौँ। अनि योचाहिँ व्यवस्थाबमोजिम गरियोस्।
4 Arise; for the matter belongs to you, and we are with you. Be courageous, and do it."
अब उठ्नुहोस्; यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौँ; साहस गरेर काम गर्नुहोस्।”
5 Then Ezra arose, and made the chiefs of the priests, the Levites, and all Israel, to swear that they would do according to this word. So they swore.
यसकारण एज्रा उभिएर मुख्य पुजारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई सुझाव पाएअनुसार गर्नू भनेर शपथ खान लगाए। अनि तिनीहरूले शपथ खाए।
6 Then Ezra rose up from before God's house, and went into the room of Jehohanan the son of Eliashib: and when he came there, he ate no bread, nor drank water; for he mourned because of their trespass of the captivity.
त्यसपछि एज्रा परमेश्‍वरको भवनको उपस्थितिबाट निस्केर एल्यासीबको छोरो येहोहानानको कोठातिर गए। त्यहाँ बस्दा तिनले खाना खाएनन्, न त पानी नै पिए। किनकि तिनले अझै पनि निर्वासनबाट फर्कने मानिसहरूका विश्‍वासघातको कारण शोक गरिरहेका थिए।
7 They made proclamation throughout Judah and Jerusalem to all the descendants of the captivity, that they should gather themselves together to Jerusalem;
त्यसपछि निर्वासनबाट फर्कनेहरू सबै यरूशलेममा भेला हुन भनेर यहूदा र यरूशलेमभरि घोषणा जारी गरियो।
8 and that whoever did not come within three days, according to the counsel of the officials and the elders, all his substance should be forfeited, and himself separated from the assembly of the captivity.
तीन दिनभित्र यदि कोही आएन भने अधिकारीहरू र प्रधानहरूका निर्णयअनुसार त्यसको सबै धनसम्पत्ति कब्जा गरिनेछ। अनि त्यसले आफैँलाई निर्वासनबाट फर्कनेहरूका सभाबाट अलग गर्नेछ।
9 Then all the men of Judah and Benjamin gathered themselves together to Jerusalem within the three days; it was the ninth month, on the twentieth day of the month: and all the people sat in the broad place before God's house, trembling because of this matter, and for the great rain.
तीन दिनभित्र यहूदा र बेन्यामीनका सारा मानिसहरू यरूशलेममा भेला भए। यो भेला नवौँ महिनाको बीसौँ दिनमा, परमेश्‍वरको भवनको अगिल्तिर आँगनमा भएको थियो। सारा मानिसहरू यो घटना र झरीको कारणले औधी दुःखित भएका थिए।
10 Ezra the priest stood up, and said to them, "You have trespassed, and have married foreign women, to increase the guilt of Israel.
तब पुजारी एज्रा उभिएर तिनीहरूलाई भने, “तिमीहरू अविश्‍वासी भएका छौ; विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरूले इस्राएलको दोषलाई अझ बढाएका छौ।
11 Now therefore make confession to the LORD, the God of your fathers, and do his pleasure; and separate yourselves from the peoples of the land, and from the foreign women."
अब तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर याहवेहको सामु आफ्ना पापहरू स्वीकार गर, र उहाँको इच्छाअनुसार गर। तिमीहरूका वरिपरिका मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट आफूलाई अलग गर।”
12 Then all the assembly answered with a loud voice, "As you have said concerning us, so must we do.
सभामा भेला भएका सारा मानिसहरूले चर्को आवाजमा जवाफ दिए: “तपाईं ठिक हुनुहुन्छ! तपाईंले भन्‍नुभएअनुसार हामीले गर्नैपर्छ।
13 But the people are many, and it is a time of much rain, and we are not able to stand outside; neither is this a work of one day or two; for we have greatly transgressed in this matter.
तर यहाँ असंख्य मानिसहरू छन्, र यो समय धेरै पानी पर्ने समय भएको हुनाले हामी बाहिर उभिरहन सक्दैनौँ। अनि यो विषय एक दुई दिनभित्रमा सिद्ध्याउन सकिँदैन; किनकि हामीले यस विषयमा घोर पाप गरेका छौँ।
14 Let now our leaders represent the whole assembly, and let all those who are in our cities who have married foreign women come at appointed times, and with them the elders of every city, and its judges, until the fierce wrath of our God be turned from us, until this matter is resolved."
हाम्रा अधिकारीहरूले सम्पूर्ण सभाको निम्ति काम गरून्। त्यसपछि हाम्रा परमेश्‍वरको भयङ्कर क्रोध हामीबाट नहटुन्जेल हाम्रो सहरमा भएका हरेक जसले विदेशी स्त्री विवाह गरेका छन्, ती त्यसै सहरका प्रधानहरू र न्यायकर्ताहरूसित तोकिएको समयमा आऊन्।”
15 Only Jonathan the son of Asahel and Jahzeiah the son of Tikvah stood up against this; and Meshullam and Shabbethai the Levite helped them.
असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा यहजयाहले मात्र यस विषयको विरोध गरे। तर मशुल्‍लाम र लेवी शब्बतैले यो कुरालाई समर्थन गरे।
16 But the descendants of the captivity did so. And Ezra the priest selected for himself men, heads of fathers' houses, according to their fathers' houses, and all of them by their names. So they began their sessions on the first day of the tenth month to examine the matter.
यसकारण निर्वासनबाट फर्कनेहरूले सङ्कल्प गरेअनुसार नै गरे। पुजारी एज्राले परिवारहरूका अगुवाहरूलाई छाने। प्रत्येक परिवारको समूहबाट एक-एक पुरुष गरेर छाने; अनि तिनीहरूका नामद्वारा तिनीहरूलाई नियुक्त गरियो। दसौँ महिनाको पहिलो दिनमा तिनीहरू ती मुद्दाहरू जाँच्नलाई बसे।
17 And they finished with all the men who had married foreign women by the first day of the first month.
अनि पहिलो महिनाको पहिलो दिनमा जजसले विदेशी स्त्रीहरू विवाह गरेका थिए, ती सबै मानिसहरूका विषयमा खोज अनुसन्धान गरेर सिद्ध्याए।
18 Among the sons of the priests there were found who had married foreign women: of the sons of Jeshua, the son of Jozadak, and his brothers, Maaseiah, and Eliezer, and Jarib, and Gedaliah.
पुजारीहरूका सन्तानहरूबाट निम्न मानिसहरूले विदेशी स्त्रीसँग विवाह गरेका थिए: योसादाकको छोरो येशूआका सन्तानहरू र तिनका दाजुभाइहरूबाट: मासेयाह, एलीएजर, यारीब र गदल्याह।
19 They gave their hand that they would put away their wives; and being guilty, they offered a ram of the flock for their guilt.
(तिनीहरू सबैले आ-आफ्ना पत्नीहरूलाई त्याग्न आफ्ना हातहरू बढाएर प्रतिज्ञा गरे। अनि आफ्ना पापका निम्ति हरेकले बथानबाट दोषबलिको रूपमा एउटा भेडा ल्याए।)
20 Of the sons of Immer: Hanani and Zebadiah.
इम्मेरका सन्तानहरूबाट: हनानी र जबदियाह।
21 Of the sons of Harim: Maaseiah, and Elijah, and Shemaiah, and Jehiel, and Uzziah.
हारीमका सन्तानहरूबाट: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह।
22 Of the sons of Pashhur: Elioenai, Maaseiah, Ishmael, Nethanel, Jozabad, and Elasah.
पशहूरका सन्तानहरूबाट: एल्योएनै, मासेयाह, इश्माएल, नथनिएल, योजाबाद र एलासा।
23 Of the Levites: Jozabad, and Shimei, and Kelaiah (that is, Kelita), Pethahiah, Judah, and Eliezer.
लेवीहरूबाट: योजाबाद, शिमी, केलायाह (जो कलीता हुन्), पतहयाह, यहूदा र एलीएजर।
24 Of the singers: Eliashib. Of the gatekeepers: Shallum, and Telem, and Uri.
सङ्गीतकारहरूबाट: एल्यासीब। द्वारपालहरूबाट: शल्‍लूम, तेलेम र ऊरी।
25 Of Israel: Of the sons of Parosh: Ramiah, and Izziah, and Malchijah, and Mijamin, and Eleazar, and Hashabiah, and Benaiah.
अनि अरू इस्राएलीहरूमा: परोशका सन्तानहरूबाट: रम्याह, यिज्जीयाह, मल्कियाह, मिय्यामीन, एलाजार, मल्कियाह र बनायाह।
26 Of the sons of Elam: Mattaniah, Zechariah, and Jehiel, and Abdi, and Jeremoth, and Elijah.
एलामका सन्तानहरूबाट: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।
27 Of the sons of Zattu: Elioenai, Eliashib, Mattaniah, and Jeremoth, and Zabad, and Aziza.
जत्तूका सन्तानहरूबाट: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा।
28 Of the sons of Bebai: Jehohanan, Hananiah, Zabbai, Athlai.
बेबैका सन्तानबाट: येहोहानान, हनन्याह, जब्बै र अत्लै।
29 Of the sons of Bani: Meshullam, Malluch, and Adaiah, Jashub, and Sheal, Jeremoth.
बानीका सन्तानहरूबाट: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमो।
30 Of the sons of Pahath-Moab: Adna, and Chelal, Benaiah, Maaseiah, Mattaniah, Bezalel, and Binnui, and Manasseh.
पहत-मोआबका सन्तानहरूबाट: अदना, कलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्‍नूई र मनश्शे।
31 Of the sons of Harim: Eliezer, Isshijah, Malchijah, Shemaiah, Shimeon,
हारीमका सन्तानहरूबाट: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमियोन,
32 Benjamin, Malluch, Shemariah.
बेन्यामीन, मल्‍लूक र शमर्याह।
33 Of the sons of Hashum: Mattenai, Mattattah, Zabad, Eliphelet, Jeremai, Manasseh, Shimei.
हाशूमका सन्तानहरूबाट: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी।
34 Of the sons of Bani: Maadai, Amram, and Uel,
बानीका सन्तानहरूबाट: मादै, अम्राम, ऊएल,
35 Benaiah, Bedeiah, Keluhi,
बनायाह, बेदयाह, कलूही,
36 Vaniah, Meremoth, Eliashib,
भन्याह, मरेमोत, एल्यासीब,
37 Mattaniah, Mattenai, and Jaasu.
मत्तन्याह, मत्तनै र यासू।
38 And from the sons of Binnui: Shimei,
बिन्‍नूईका सन्तानहरूबाट: शिमी,
39 and Shelemiah, and Nathan, and Adaiah,
शेलेम्याह, नातान, अदायाह,
40 Machnadebai, Shashai, Sharai,
मक्नादबै, शाशै, शारै,
41 Azarel, and Shelemiah, Shemariah,
अज्रेल, शेलेम्याह, शमर्याह,
42 Shallum, Amariah, Joseph.
शल्‍लूम, अमर्याह र योसेफ।
43 Of the sons of Nebo: Jeiel, Mattithiah, Zabad, Zebina, Jaddai, and Joel, Benaiah.
नेबोको सन्तानहरूबाट: यीएल, मत्तीत्याह, जाबाद, जबीना, यद्दै, योएल र बनायाह।
44 All these had taken foreign wives; and some of them had wives by whom they had children.
यी सबै मानिसहरूले विदेशी स्त्रीहरूसँग विवाह गरेका थिए; अनि केही पत्नीहरूबाट सन्तान पनि जन्मिएका थिए।

< Ezra 10 >