< 1 Corinthians 10 >
1 Now I would not have you ignorant, brothers, that our fathers were all under the cloud, and all passed through the sea;
भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।
2 and were all baptized into Moses in the cloud and in the sea;
सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए,
3 and all ate the same spiritual food;
र सबैले एउटै आत्मिक भोजन खाए ।
4 and all drank the same spiritual drink. For they drank of a spiritual rock that followed them, and the rock was Messiah.
सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्ट हुनुहुन्थ्यो ।
5 However with most of them, God was not well pleased, for they were overthrown in the wilderness.
तर तिनीहरूमध्ये धेरै जनासित परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।
6 Now these things were our examples, to the intent we should not lust after evil things, as they also lusted.
तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
7 Neither be idolaters, as some of them were. As it is written, "The people sat down to eat and drink, and rose up to play."
तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
8 Neither let us commit sexual immorality, as some of them committed, and in one day twenty-three thousand fell.
तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्ये तेइस हजार मरे ।
9 Neither let us test the Messiah, as some of them tested, and perished by the serpents.
हामीले ख्रीष्टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्ट भए ।
10 Neither grumble, as some of them also grumbled, and perished by the destroyer.
तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्ट भएका थिए ।
11 Now these things happened to them by way of example, and they were written for our admonition, on whom the ends of the ages have come. (aiōn )
हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ । (aiōn )
12 Therefore let him who thinks he stands be careful that he does not fall.
यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
13 No temptation has taken you except what is common to humanity. God is faithful, who will not allow you to be tempted above what you are able, but will with the temptation also make the way of escape, that you may be able to endure it.
मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ ।
14 Therefore, my beloved, flee from idolatry.
त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
15 I speak as to wise people. Judge what I say.
म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
16 The cup of blessing which we bless, is it not a sharing of the blood of Messiah? The bread which we break, is it not a sharing of the body of Messiah?
हामीले आशिष् दिने आशिष्को कचौरा ख्रीष्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्टको शरीरमा भएको सहभागिता होइन र?
17 Because there is one loaf of bread, we, who are many, are one body; for we all partake of the one loaf of bread.
रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
18 Consider Israel according to the flesh. Do not those who eat the sacrifices participate in the altar?
इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र?
19 What am I saying then? That a thing sacrificed to idols is anything, or that an idol is anything?
त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
20 But I say that the things which pagans sacrifice, they sacrifice to demons, and not to God, and I do not desire that you would have fellowship with demons.
तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्ने म चाहन्नँ ।
21 You cannot both drink the cup of the Lord and the cup of demons. You cannot both partake of the table of the Lord, and of the table of demons.
तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
22 Or do we provoke the Lord to jealousy? Are we stronger than he?
अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
23 "All things are lawful," but not all things are profitable. "All things are lawful," but not all things build up.
“हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
24 Let no one seek his own, but his neighbor's good.
कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
25 Whatever is sold in the butcher shop, eat, asking no question for the sake of conscience,
तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्न नगरी खान सक्छौ ।
26 for "the earth is the Lord's, and its fullness."
किनकि “पृथ्वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।”
27 But if one of those who do not believe invites you to a meal, and you are inclined to go, eat whatever is set before you, asking no questions for the sake of conscience.
तिमीहरूलाई विश्वास नगर्ने कुनै व्यक्तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्न नसोधी खाओ ।
28 But if anyone says to you, "This was offered to idols," do not eat it for the sake of the one who told you, and for the sake of conscience.
तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो ।
29 Conscience, I say, not your own, but the other's conscience. For why is my liberty judged by another conscience?
मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्त्रताको न्याय हुन किन दिने र?
30 If I partake with thankfulness, why am I denounced for that for which I give thanks?
म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?
31 Whether therefore you eat, or drink, or whatever you do, do all to the glory of God.
त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्वरको महिमाको निम्ति गर ।
32 Give no occasions for stumbling, either to Jews, or to Greeks, or to the church of God;
तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर ।
33 even as I also please all people in all things, not seeking my own profit, but the profit of the many, that they may be saved.
म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।