< Titus 1 >

1 Paul, a servant of God, and an Apostle of Jesus Christ, (according to the faith of God's elect, and the acknowledgment of the truth, which is according to godliness;
परमेश्‍वरका सेवक र येशू ख्रीष्‍टका प्रेरित पावल परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको विश्‍वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्‍तिसित सहमत हुँदछ,
2 in hope of eternal life, which God, who can not lie, promised before the times of the ages-- (aiōnios g166)
अनन्त जीवनको निश्‍चयतामा, झुटरहित परमेश्‍वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो । (aiōnios g166)
3 who has now manifested his word, at the proper season, by the proclamation with which I am intrusted, according to the appointment of God our Saviour; )
ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
4 to Titus, my genuine son, according to the common faith: Favor, mercy, and peace, from God the Father, and from the Lord Jesus Christ, our Saviour.
हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।
5 For this purpose, I left you in Crete, that you might set in order the things left unfinished, and to ordain seniors in every city, as I commanded you.
अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्‍त गर भन्‍ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
6 If any one be without blame, the husband of one wife, having believing children, not accused of riotous living, nor unruly.
एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
7 For a bishop should be blameless, as the steward of God; not self-willed, not prone to anger, not given to wine, not a striker, not one who makes gain by base methods;
परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्‍त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्‍यक छ ।
8 but hospitable; a lover of good men, prudent, just, holy, temperate;
तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्‍त र आत्म-संयमी हुनुपर्छ ।
9 holding fast the true doctrine, as he has been taught; that he may be able, by wholesome teaching, both to exhort and to confute the gain-sayers.
तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।
10 For there are many unruly and foolish talked and deceivers, especially those of the circumcision,
किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्‍याउँछन् ।
11 whose mouths must be stopped; who subvert whole families, teaching things which they ought not, for the sake of sordid gain.
तिनीहरूलाई रोक्‍न आवश्यक छ । तिनीहरूले निर्लज्‍ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् ।
12 One of themselves, a prophet of their own, has said, "The Cretans are always liars, evil wild beasts, lazy bodies."
तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।”
13 This testimony is true; for which cause rebuke them sharply, that they may be healthy in the faith--
यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून् ।
14 not giving heed to Jewish fables, and precepts of men who pervert the truth.
यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
15 To the pure, all meats are pure; but to the polluted and unbelieving, nothing is pure; for both their understanding and conscience are polluted.
शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।
16 They profess to know God; but by works they deny him, being abominable and disobedient, and to every good work reprobate.
तिनीहरूले परमेश्‍वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।

< Titus 1 >