< Psalms 139 >
1 TO THE OVERSEER. A PSALM OF DAVID. YHWH, You have searched me, and know.
हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्नुहुन्छ ।
2 You have known my sitting down, And my rising up, You have attended to my thoughts from afar.
म बस्दा र म उठ्दा तपाईंले जान्नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्नुहुन्छ ।
3 You have fanned my path and my lying down, And have been acquainted [with] all my ways.
तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
4 For there is not a word in my tongue, Behold, O YHWH, You have known it all!
हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्यो पूर्ण रूपमा जान्नुहुन्छ ।
5 You have besieged me behind and before, And You place Your hand on me.
मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्नुहुन्छ ।
6 Knowledge too wonderful for me, It has been set on high, I am not able for it.
यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्च छ, म यसमा पुग्नै सक्दिनँ ।
7 To where do I go from Your Spirit? And to where do I flee from Your face?
तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र?
8 If I ascend the heavens—You [are] there, And spread out a bed in Sheol, behold, You! (Sheol )
आकाशमाथि उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ । (Sheol )
9 I take the wings of morning, I dwell in the uttermost part of the sea,
प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसें भने,
10 Also there Your hand leads me, And Your right hand holds me.
त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्नेछ ।
11 And I say, “Surely darkness bruises me,” Then night [is] light to me.
मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
12 Also darkness does not hide from You, And night shines as day, As [is] darkness so [is] light.
तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
13 For You have possessed my reins, You cover me in my mother’s belly.
तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
14 I confess You, because I have been fearfully distinguished. Your works [are] wonderful, And my soul is knowing [it] well.
म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
15 My substance was not hid from You, When I was made in secret, Curiously worked in the lower part of earth.
जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
16 Your eyes saw my unformed substance, And all of them are written on Your scroll, The days they were formed—And not one among them.
तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
17 And how precious Your thoughts have been to me, O God, how great has been their sum!
हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन्! तिनका सङ्ख्या कति धेरै छन्!
18 I recount them! They are more than the sand, I have awoken, and I am still with You.
तिनलाई मैले गन्न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
19 Do You slay, O God, the wicked? Then, men of blood, turn aside from me!
हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभएको भए असल हुन्थ्यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
20 Who exchange You for wickedness, Your enemies [are] lifted up to vanity.
तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
21 Do I not hate, YHWH, those hating You? And grieve myself with Your withstanders?
हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
22 I have hated them [with] perfect hatred, They have become enemies to me.
म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।
23 Search me, O God, and know my heart, Try me, and know my thoughts,
हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् ।
24 And see if a grievous way be in me, And lead me in a perpetual way!
मभित्र कुनै दुष्ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस् ।