< Psalms 128 >
1 A SONG OF THE ASCENTS. O the blessedness of everyone fearing YHWH, Who is walking in His ways.
परमप्रभुको आदर गर्ने हरेक व्यक्ति धन्यको हो जो उहाँका मार्गहरूमा हिंड्छ ।
2 You surely eat the labor of your hands, You [are] blessed, and good [is] to you.
तिम्रो हातले जे दिन्छ, त्यसमा तिमी आनन्दित हुनेछौ । तिमी आशिषित् र सम्वृद्ध हुनेछौ ।
3 Your wife [is] as a fruitful vine in the sides of your house, Your sons as olive plants around your table.
तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
4 Behold, surely thus is the man blessed who is fearing YHWH.
हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
5 YHWH blesses you out of Zion, Look, then, on the good of Jerusalem, All the days of your life,
परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्वृद्धि देख्न सक्नेछौ ।
6 And see the sons of your sons! Peace on Israel!
आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।