< Proverbs 25 >
1 These are also proverbs of Solomon, that men of Hezekiah king of Judah transcribed:
यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।
2 The glory of God [is] to hide a thing, And the glory of kings [is] to search out a matter.
कुनै विषय गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
3 The heavens for height, and the earth for depth, And the heart of kings—[are] unsearchable.
जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
4 Take away dross from silver, And a vessel goes forth for the refiner,
चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
5 Take away the wicked before a king, And his throne is established in righteousness.
त्यसै गरी, राजाको उपस्थितिबाट दुष्ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
6 Do not honor yourself before a king, And do not stand in the place of the great.
राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
7 For better [that] he has said to you, “Come up here,” Than [that] he humbles you before a noble, Whom your eyes have seen.
उच्च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्नु उत्तम हुन्छ ।
8 Do not go forth to strive, hurry, turn, What do you do in its latter end, When your neighbor causes you to blush?
तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
9 Plead your cause with your neighbor, And do not reveal the secret counsel of another,
तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्त कुरोलाई प्रकट नगर् ।
10 Lest the hearer put you to shame, And your evil report not turn back.
नत्रता सुन्ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
11 Apples of gold in imagery of silver, [Is] the word spoken at its fit times.
ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
12 A ring of gold, and an ornament of pure gold, [Is] the wise reprover to an attentive ear.
सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
13 As a vessel of snow in a day of harvest, [So is] a faithful ambassador to those sending him, And he refreshes the soul of his masters.
कटनीको समयमा हिउँको शीतलझैँ विश्वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
14 Clouds and wind without rain, [Is] a man boasting himself in a false gift.
आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ ।
15 A ruler is persuaded by long-suffering, And a soft tongue breaks a bone.
धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्डीलाई गलाउन सक्छ ।
16 You have found honey—eat your sufficiency, Lest you are satiated [with] it, and have vomited it.
मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
17 Withdraw your foot from your neighbor’s house, Lest he is satiated [with] you, and has hated you.
आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।
18 A maul, and a sword, and a sharp arrow, [Is] the man testifying a false testimony against his neighbor.
आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
19 A bad tooth, and a tottering foot, [Is] the confidence of the treacherous in a day of adversity.
तैँले कष्टको समयमा भरोसा गर्ने अविश्वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
20 Whoever is taking away a garment in a cold day, [Is as] vinegar on natron, And a singer of songs on a sad heart.
जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
21 If he who is hating you hungers, cause him to eat bread, And if he thirsts, cause him to drink water.
तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
22 For you are putting coals on his head, And YHWH gives repayment to you.
किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।
23 A north wind brings forth rain, And a secret tongue—indignant faces.
जसरी उत्तरी बतासले पक्कै वृष्टि ल्याउँछ, त्यसै गरी गुप्त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
24 Better to sit on a corner of a roof, Than [with] a woman of contentions, and a house of company.
झगडालु पत्नीसँग एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
25 [As] cold waters for a weary soul, So [is] a good report from a far country.
तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
26 A spring troubled, and a fountain corrupt, [Is] the righteous falling before the wicked.
हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
27 The eating of much honey is not good, Nor a searching out of one’s own honor—honor.
अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
28 A city broken down without walls, [Is] a man without restraint over his spirit!
आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।