< Judges 18 >
1 In those days there is no king in Israel, and in those days the tribe of the Danite is seeking an inheritance to inhabit for itself, for [that] has not fallen to it to that day in the midst of the tribes of Israel by inheritance.
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्त गरेका थिएनन् ।
2 And the sons of Dan send, out of their family, five of their men—men, sons of valor—from Zorah, and from Eshtaol, to traverse the land, and to search it, and they say to them, “Go, search the land”; and they come into the hill-country of Ephraim, to the house of Micah, and lodge there.
दानका मानिसहरूले आफ्ना सम्पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।
3 They [are] with the household of Micah, and they have discerned the voice of the young man, the Levite, and turn aside there, and say to him, “Who has brought you here? And what are you doing in this [place]? And why are you here?”
जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
4 And he says to them, “Thus and thus has Micah done to me; and he hires me, and I am for a priest to him.”
तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।”
5 And they say to him, “Please ask of God, and we know whether our way on which we are going is prosperous.”
उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्न भनी हामीलाई थाहा होस् ।”
6 And the priest says to them, “Go in peace; before YHWH [is] your way in which you go.”
ती पुजारीले उनीहरूलाई भने, “शान्तिमा जाओ । तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्याउनुहुनेछ ।”
7 And the five men go, and come to Laish, and see the people which [is] in its midst, dwelling confidently, according to the custom of Zidonians, quiet and confident; and there is none putting to shame in the land in [any] thing, possessing restraint, and they [are] far off from the Zidonians, and have no word with [any] man.
त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
8 And they come to their brothers at Zorah and Eshtaol, and their brothers say to them, “What [did] you [find]?”
उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
9 And they say, “Rise, and we go up against them, for we have seen the land, and behold—very good; and you are keeping silent! Do not be slothful to go—to enter to possess the land.
उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
10 When you go, you come to a confident people, and the land [is] large on both hands, for God has given it into your hand, a place where there is no lack of anything which [is] in the land.”
जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
11 And there journey there, of the family of the Danite, from Zorah, and from Eshtaol, six hundred men girded with weapons of war.
दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्जित भएर सोरा र एश्तोलबाट निस्के ।
12 And they go up and encamp in Kirjath-Jearim, in Judah, therefore they have called that place, “Camp of Dan,” until this day; behold, behind Kirjath-Jearim.
तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्चिममा पर्छ ।
13 And they pass over there [to] the hill-country of Ephraim, and come to the house of Micah.
तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
14 And the five men, those going to traverse the land of Laish, answer and say to their brothers, “Have you known that in these houses there is an ephod, and teraphim, and carved image, and molten image? And now, know what you do.”
लेशको देशमा जानकारी प्राप्त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
15 And they turn aside there, and come to the house of the young man, the Levite, the house of Micah, and ask of him of welfare—
यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
16 (and the six hundred men girded with their weapons of war, who [are] of the sons of Dan, are standing at the opening of the gate)—
अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्जित भएर ढोकामा उभिए ।
17 indeed, the five men, those going to traverse the land, go up—they have come in there—they have taken the carved image, and the ephod, and the teraphim, and the molten image—and the priest is standing at the opening of the gate, and the six hundred men who are girded with weapons of war—
ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
18 indeed, these have entered the house of Micah, and take the carved image, the ephod, and the teraphim, and the molten image; and the priest says to them, “What are you doing?”
जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
19 And they say to him, “Keep silent, lay your hand on your mouth, and go with us, and be for a father and for a priest to us: is it better your being a priest for the house of one man, or your being priest for a tribe and for a family in Israel?”
तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्नो हात आफ्नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”
20 And the heart of the priest is glad, and he takes the ephod, and the teraphim, and the carved image, and goes into the midst of the people,
ती पुजारीको हृदय हर्षित भयो । तिनले त्यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।
21 and they turn and go, and put the infants, and the livestock, and the baggage, before them.
यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
22 They have been far off from the house of Micah—and the men who [are] in the houses which [are] near the house of Micah have been called together, and overtake the sons of Dan,
जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
23 and call to the sons of Dan, and they turn their faces around, and say to Micah, “What [is this] to you that you have been called together?”
तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
24 And he says, “You have taken my gods which I made, and the priest, and you go; and what more do I [have]? And what [is] this you say to me, What [is this] to you?”
तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु: ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
25 And the sons of Dan say to him, “Do not let your voice be heard with us, lest men bitter in soul fall on you, and you have gathered your life, and the life of your household”;
दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
26 and the sons of Dan go on their way, and Micah sees that they are stronger than he, and turns, and goes back to his house.
त्यसपछि दानका मानिसहरू आफ्नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।
27 And they have taken that which Micah had made, and the priest whom he had, and come in against Laish, against a people quiet and confident, and strike them by the mouth of the sword, and have burned the city with fire,
दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।
28 and there is no deliverer, for it [is] far off from Sidon, and they have no word with [any] man, and it [is] in the valley which [is] by Beth-Rehob; and they build the city, and dwell in it,
तिनीहरूलाई बचाउने त्यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।
29 and call the name of the city Dan, by the name of their father Dan, who was born to Israel; and yet Laish [is] the name of the city at the first.
तिनीहरूले इस्राएलका छोरामध्ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
30 And the sons of Dan raise up the carved image for themselves, and Jonathan son of Gershom, son of Manasseh, he and his sons have been priests for the tribe of the Danite, until the day of the expulsion of [the people] of the land.
दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए ।
31 And they appoint for themselves the carved image of Micah, which he had made, all the days of the house of God being in Shiloh.
यसैले शीलोमा परमेश्वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।