< John 2 >
1 And [on] the third day a wedding happened in Cana of Galilee, and the mother of Jesus was there,
तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
2 and also Jesus was called, and His disciples, to the wedding;
विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
3 and wine having failed, the mother of Jesus says to Him, “They have no wine”;
जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
4 Jesus says to her, “What [is that] to Me and to you, woman? My hour is not yet come.”
येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।”
5 His mother says to the servants, “Whatever He may say to you—do.”
उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्नुहुन्छ, त्यही गर” ।
6 And there were six water-jugs of stone there, placed according to the purifying of the Jews, holding each two or three measures.
त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
7 Jesus says to them, “Fill the water-jugs with water”; and they filled them—to the brim;
येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
8 and He says to them, “Draw out, now, and carry to the headwaiter”; and they bore.
तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
9 And as the headwaiter tasted the water become wine, and did not know where it is from (but the servants knew, who have drawn the water), the headwaiter calls the bridegroom,
मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
10 and says to him, “Every man, at first, sets forth the good wine; and when they may have drunk freely, then the inferior; you kept the good wine until now.”
र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
11 This [is the] beginning of the signs Jesus did in Cana of Galilee, and revealed His glory, and His disciples believed in Him;
गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे ।
12 after this He went down to Capernaum, He, and His mother, and His brothers, and His disciples; and they did not remain there many days.
यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
13 And the Passover of the Jews was near, and Jesus went up to Jerusalem,
यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
14 and He found in the temple those selling oxen, and sheep, and doves, and the money-changers sitting,
उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
15 and having made a whip of small cords, He put all forth out of the temple, also the sheep, and the oxen; and He poured out the coins of the money-changers, and He overthrew the tables,
त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।
16 and He said to those selling the doves, “Take these things from here; do not make the house of My Father a house of merchandise.”
परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
17 And His disciples remembered that it is written: “The zeal of Your house ate Me up”;
उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”
18 the Jews then answered and said to Him, “What sign do You show to us—that You do these things?”
तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न देखाउँछौ?”
19 Jesus answered and said to them, “Destroy this temple, and in three days I will raise it up.”
येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”
20 The Jews, therefore, said, “This temple was built [in] forty-six years, and will You raise it up in three days?”
तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?”
21 But He spoke concerning the temple of His body;
तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
22 when, then, He was raised out of the dead, His disciples remembered that He said this to them, and they believed the Writing, and the word that Jesus said.
त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे ।
23 And as He was in Jerusalem, in the Passover, in the celebration, many believed in His Name, beholding His signs that He was doing;
उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्नहरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्वास गरे ।
24 and Jesus Himself was not trusting Himself to them, because of His knowing all [men],
तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्नुहुन्थ्यो,
25 and because He had no need that any should testify concerning man, for He Himself was knowing what was in man.
किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्ने उहाँ जान्नुहुन्थ्यो ।