< James 3 >
1 Do not let many be teachers, my brothers, having known that we will receive greater judgment,
मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्नु हुँदैन । हामीले यो जान्नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
2 for we all make many stumbles; if anyone does not stumble in word, this one [is] a perfect man, able to also bridle the whole body;
किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ।
3 behold, the bits we put into the mouths of the horses for their obeying us, and we direct their whole body;
आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ ।
4 behold, also the ships, being so great, and being driven by fierce winds, are directed by a very small rudder, wherever the impulse of the [one] steering wills,
पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ ।
5 so also the tongue is a little member, and boasts greatly; behold, how much forest a little fire kindles!
त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
6 And the tongue [is] a fire, the world of the unrighteousness, so the tongue is set in our members, which is spotting our whole body, and is setting on fire the course of nature, and is set on fire by Gehenna. (Geenna )
जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ । (Geenna )
7 For every nature, both of beasts and of birds, both of creeping things and things of the sea, is subdued, and has been subdued, by the human nature,
किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
8 but no one of men is able to subdue the tongue—[it is] an unruly evil, full of deadly poison;
तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्न सकेको छैन । यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो ।
9 with it we bless the God and Father, and with it we curse the men made according to [the] likeness of God;
यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
10 out of the same mouth comes forth blessing and cursing; it does not need, my brothers, these things to so happen;
एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
11 does the fountain out of the same opening pour forth the sweet and the bitter?
के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र?
12 Is a fig tree able, my brothers, to make olives? Or a vine figs? Neither is salty [water able] to have made sweet water.
मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र? वा दाखको बोटले अन्जीर फलाउँदछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
13 Who [is] wise and intelligent among you? Let him show his works out of good behavior in meekness of wisdom,
तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
14 yet, if you have bitter zeal, and rivalry in your heart, do not glory, nor lie against the truth;
तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
15 this wisdom is not descending from above, but earthly, physical, demon-like,
यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
16 for where zeal and rivalry [are], there is insurrection and every evil matter;
किनकि जहाँ ईर्ष्या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ ।
17 but the wisdom from above, first, indeed, is pure, then peaceable, gentle, well-convinced, full of kindness and good fruits, uncontentious, and unhypocritical—
तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
18 and the fruit of righteousness in peace is sown to those making peace.
अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।