< Genesis 32 >
1 And Jacob has gone on his way, and messengers of God come on him;
याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसित भेट गरे ।
2 and Jacob says, when he has seen them, “This [is] the camp of God”; and he calls the name of that place “Two Camps.”
याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।
3 And Jacob sends messengers before him to his brother Esau, toward the land of Seir, the field of Edom,
याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।
4 and commands them, saying, “Thus you say to my lord, to Esau, Thus said your servant Jacob: I have sojourned with Laban, and I linger until now;
तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
5 and I have ox, and donkey, flock, and manservant, and maidservant, and I send to declare to my lord, to find grace in his eyes.”
मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”
6 And the messengers return to Jacob, saying, “We came to your brother, to Esau, and he is also coming to meet you, and four hundred men with him”;
याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
7 and Jacob fears exceedingly, and is distressed, and he divides the people who [are] with him, and the flock, and the herd, and the camels, into two camps,
तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।
8 and says, “If Esau comes to one camp, and has struck it—then the camp which is left has been for an escape.”
तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्नेछ ।
9 And Jacob says, “God of my father Abraham and God of my father Isaac, YHWH who says to me, Return to your land and to your family, and I do good with you:
याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर यहोवेले मलाई भन्नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्नति गराउनेछु ।'
10 I have been unworthy of all the kind acts and of all the truth which You have done with your servant—for with my staff I passed over this Jordan, and now I have become two camps.
तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।
11 Please deliver me from the hand of my brother, from the hand of Esau: for I am fearing him, lest he come and has struck me—mother beside sons;
कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।
12 and You have said, I certainly do good with you, and have set your seed as the sand of the sea, which is not numbered because of the multitude.”
तर तपाईंले भन्नुभयो, 'निश्चय नै, म तेरो उन्नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
13 And he lodges there during that night, and takes from that which is coming into his hand, a present for his brother Esau:
त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः
14 female goats two hundred, and male goats twenty, ewes two hundred, and rams twenty,
दुई सयवटा बाख्री, बिसवटा बोका,
15 suckling camels and their young ones thirty, cows forty, and bullocks ten, female donkeys twenty, and foals ten;
तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।
16 and he gives into the hand of his servants every drove by itself, and says to his servants, “Pass over before me, and a space you put between drove and drove.”
तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”
17 And he commands the first, saying, “When my brother Esau meets you, and has asked you, saying, Whose [are] you? And to where do you go? And whose [are] these before you?
तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने
18 Then you have said, Your servant Jacob’s: it [is] a present sent to my lord, to Esau; and behold, he also [is] behind us.”
तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”
19 And he commands also the second, also the third, also all who are going after the droves, saying, “According to this manner do you speak to Esau in your finding him,
दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्नू ।
20 and you have also said, Behold, your servant Jacob [is] behind us”; for he said, “I pacify his face with the present which is going before me, and afterward I see his face; it may be he lifts up my face”;
तिमीहरूले यसो पनि भन्नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
21 and the present passes over before his face, and he has lodged during that night in the camp.
त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।
22 And he rises in that night, and takes his two wives, and his two maidservants, and his eleven children, and passes over the passage of Jabbok;
रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।
23 and he takes them, and causes them to pass over the brook, and he causes that which he has to pass over.
यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।
24 And Jacob is left alone, and One wrestles with him until the ascending of the dawn;
याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।
25 and He sees that He is not able for him, and He comes against the hollow of his thigh, and the hollow of Jacob’s thigh is disjointed in his wrestling with Him;
ती मानिसले याकूबलाई जित्न नसक्ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।
26 and He says, “Send Me away, for the dawn has ascended”: and he says, “I do not send You away, except You have blessed me.”
ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्जेलसम्म म तपाईंलाई जान दिन्नँ ।”
27 And He says to him, “What [is] your name?” And he says, “Jacob.”
ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
28 And He says, “Your name is no longer called Jacob, but Israel; for you have reigned with God and with men, and prevail.”
ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
29 And Jacob asks and says, “Please declare Your Name”; and He says, “Why [is] this, you ask for My Name?” And He blesses him there.
याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
30 And Jacob calls the name of the place Peniel: “For I have seen God face to face, and my life is delivered”;
याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
31 and the sun rises on him when he has passed over Penuel, and he is halting on his thigh;
याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।
32 therefore the sons of Israel do not eat the sinew which shrank, which [is] on the hollow of the thigh, to this day, because He came against the hollow of Jacob’s thigh, against the sinew which shrank.
यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्याएका थिए ।