< Ezekiel 35 >

1 And there is a word of YHWH to me, saying,
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Son of man, set your face against Mount Seir, and prophesy against it,
“ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्‍नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् ।
3 and you have said to it, Thus said Lord YHWH: Behold, I [am] against you, O Mount Seir, And have stretched out My hand against you, And made you a desolation and an astonishment.
त्यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्‍नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।
4 I make your cities a ruin, and you are a desolation, And you have known that I [am] YHWH.
तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
5 Because of your having continuous enmity, And you saw the sons of Israel, By the hands of the sword, In the time of their calamity, In the time of the iniquity of the end:
किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्‍डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।
6 Therefore, [as] I live—a declaration of Lord YHWH, Surely I appoint you for blood, And blood pursues you, If you have not hated blood, Blood also pursues you.
यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‍नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ ।
7 And I have given Mount Seir for a desolation and an astonishment, And have cut off from it him who is passing over and him who is returning,
सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।
8 And filled his mountains with his wounded, Your hills, and your valleys, and all your streams, The pierced of the sword fall into them.
मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।
9 I make you continuous desolations, And your cities do not return, And you have known that I [am] YHWH.
तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
10 Because of your saying: The two nations and the two lands are mine, and we have possessed it, And YHWH has been there;
तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।
11 Therefore, [as] I live—a declaration of Lord YHWH, And I have done according to your anger, And according to your envy, With which you have worked, Because of your hatred against them, And I have been known among them when I judge you.
यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
12 And you have known that I [am] YHWH, I have heard all your despisings that you have spoken Against mountains of Israel, saying, A desolation—they were given to us for food.
यसरी म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
13 And you magnify yourselves against Me with your mouth, And have made your words abundant against Me; I have heard.
तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।
14 Thus said Lord YHWH: According to the rejoicing of the whole land, I make a desolation of you.
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
15 According to your joy at the inheritance of the house of Israel because of desolation, So I do to you—you are a desolation, O Mount Seir, and all Edom—all of it, And they have known that I [am] YHWH!”
इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”

< Ezekiel 35 >