< Psalms 8 >
1 For the end, concerning the wine presses, a Psalm of David. O Lord, our Lord, how wonderful is your name in all the earth! for your magnificence is exalted above the heavens.
हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
2 Out of the mouth of babes and sucklings have you perfected praise, because of your enemies; that you might put down the enemy and avenger.
तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्त गराउन सक्नुहुन्छ ।
3 For I will regard the heavens, the work of your fingers; the moon and stars, which you have established.
जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्नुभएको छ,
4 What is man, that you are mindful of him? or the son of man, that you visit him?
मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्ता दिनुहुन्छ?
5 You made him a little less than angels, you have crowned him with glory and honor;
तापनि तपाईंले तिनीहरूलाई स्वर्गीय प्राणीहरूभन्दा थोरै मात्र निम्न बनाउनुभएको छ र तिनीहरूलाई महिमा र आदरको मुकुट दिनुभएको छ ।
6 and you have set him over the works of your hands: you have put all things under his feet:
तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्नुभएको छः
7 sheep and all oxen, yes and the cattle of the field;
सबै भेडा र गोरु अनि मैदानका पशुहरू,
8 the birds of the sky, and the fish of the sea, the [creatures] passing through the paths of the sea.
आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्ने हरेक कुरा ।
9 O Lord our Lord, how wonderful is your name in all the earth!
हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!