< Jeremiah 30 >

1 The word that came to Jeremiah from the LORD, saying,
यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
2 Thus speaketh the LORD God of Israel, saying, Write thee all the words that I have spoken unto thee in a book.
“याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख्।
3 For, lo, the days come, saith the LORD, that I will bring again the captivity of my people Israel and Judah, saith the LORD: and I will cause them to return to the land that I gave to their fathers, and they shall possess it.
हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्‍नुहुन्छ।”
4 And these [are] the words that the LORD spake concerning Israel and concerning Judah.
इस्राएल र यहूदाको बारेमा याहवेहले भन्‍नुभएको कुराहरू यिनै हुन्:
5 For thus saith the LORD; We have heard a voice of trembling, of fear, and not of peace.
याहवेह यसो भन्‍नुहुन्छ: “डराएकाहरूका चीत्कार सुनिँदैछ— त्रासको चीत्कार, शान्तिको होइन।
6 Ask ye now, and see whether a man doth travail with child? wherefore do I see every man with his hands on his loins, as a woman in travail, and all faces are turned into paleness?
अहिले सोध र हेर: के कुनै पुरुषले छोराछोरी जन्माउन सक्छ? त्यसो भए किन म हरेक बलियो पुरुषले सुत्केरी व्यथामा परेकी स्त्रीले जस्तै आफ्नो हात आफ्नो पेटमाथि राखेको, र हरेक अनुहार मरेको जस्तै पहेँलो भएको देख्छु?
7 Alas! for that day [is] great, so that none [is] like it: it [is] even the time of Jacob’s trouble; but he shall be saved out of it.
हाय! त्यो दिन अति भयानक दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। त्यो दिन याकोबका निम्ति सङ्कष्‍टको समय हुनेछ; तर ऊ त्यसबाट बचाइनेछ।
8 For it shall come to pass in that day, saith the LORD of hosts, [that] I will break his yoke from off thy neck, and will burst thy bonds, and strangers shall no more serve themselves of him:
“‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु; अनि तिनीहरूका बन्धन फुकाइदिनेछु; अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्।
9 But they shall serve the LORD their God, and David their king, whom I will raise up unto them.
त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको र तिनीहरूका राजा दावीदको सेवा गर्नेछन्, जसलाई म तिनीहरूका निम्ति खडा गर्नेछु।
10 Therefore fear thou not, O my servant Jacob, saith the LORD; neither be dismayed, O Israel: for, lo, I will save thee from afar, and thy seed from the land of their captivity; and Jacob shall return, and shall be in rest, and be quiet, and none shall make [him] afraid.
“‘यसकारण हे मेरो सेवक याकोब, नडरा; हे इस्राएल, हताश नहो,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट र तेरा सन्तानहरूलाई बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा हुनेछ; अनि कसैले पनि इस्राएललाई भयभीत पार्न सक्नेछैन।
11 For I [am] with thee, saith the LORD, to save thee: though I make a full end of all nations whither I have scattered thee, yet will I not make a full end of thee: but I will correct thee in measure, and will not leave thee altogether unpunished.
म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि म तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। तर म तँलाई विनादण्ड चाहिँ छोड्नेछैनँ; म तँलाई न्यायपूर्वक दण्ड दिनेछु।’
12 For thus saith the LORD, Thy bruise [is] incurable, [and] thy wound [is] grievous.
“याहवेह यसो भन्‍नुहुन्छ: “‘तेरो चोट निको नहुने खालको छ; तेरो घाउ पीडादायी छ।
13 [There is] none to plead thy cause, that thou mayest be bound up: thou hast no healing medicines.
तेरो पक्षमा बोलिदिने कोही पनि छैन; तेरो घाउको निम्ति कुनै उपचार छैन; अनि तेरो निम्ति कुनै चङ्गाइ छैन।
14 All thy lovers have forgotten thee; they seek thee not; for I have wounded thee with the wound of an enemy, with the chastisement of a cruel one, for the multitude of thine iniquity; [because] thy sins were increased.
तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्; तिनीहरूले तेरो कुनै वास्ता गर्दैनन्। मैले तँलाई शत्रुले झैँ प्रहार गरेको छु; अनि निष्‍ठुरीले झैँ तँलाई दण्ड दिएको छु; किनकि तेरो अपराध अति ठूलो र तेरा पापहरू अति धेरै छन्।
15 Why criest thou for thine affliction? thy sorrow [is] incurable for the multitude of thine iniquity: [because] thy sins were increased, I have done these things unto thee.
तँ आफ्नो घाउले गर्दा र तेरो निको नहुने पीडाको निम्ति किन रुन्छस्? तेरो ठूलो अपराध र धेरै पापहरूका कारण मैले तँसँग यी कुराहरू गरेको हुँ।
16 Therefore all they that devour thee shall be devoured; and all thine adversaries, every one of them, shall go into captivity; and they that spoil thee shall be a spoil, and all that prey upon thee will I give for a prey.
“‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्; तेरा सबै शत्रुहरू निर्वासनमा जानेछन्। तँलाई लुट्नेहरू अरूद्वारा लुटिनेछन्; तँलाई बिगार्नेहरूलाई म बिगारिदिनेछु।
17 For I will restore health unto thee, and I will heal thee of thy wounds, saith the LORD; because they called thee an Outcast, [saying], This [is] Zion, whom no man seeketh after.
तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु, र तेरा घाउहरू निको पार्नेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि तँलाई बहिष्कृत गरिएका भनिनेछ, सियोन, जसको कसैले वास्ता गर्दैन।’
18 Thus saith the LORD; Behold, I will bring again the captivity of Jacob’s tents, and have mercy on his dwellingplaces; and the city shall be builded upon her own heap, and the palace shall remain after the manner thereof.
“याहवेह यसो भन्‍नुहुन्छ: “‘हेर, म याकोबको पालको सुख-शान्ति पुनर्स्थापित गर्नेछु, र त्यसको वासस्थानमाथि दया देखाउनेछु; त्यो सहर त्यसकै भग्नावशेषमाथि पुनर्निर्माण हुनेछ; अनि राजमहल पहिलेकै आफ्नै स्थानमा खडा हुनेछ।
19 And out of them shall proceed thanksgiving and the voice of them that make merry: and I will multiply them, and they shall not be few; I will also glorify them, and they shall not be small.
तिनीहरूबाट धन्यवादका स्तुतिगान र आनन्दको सोर निस्कनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु; अनि तिनीहरू घट्नेछैनन्; म तिनीहरूलाई आदर दिनेछु; अनि तिनीहरू अपहेलित हुनेछैनन्।
20 Their children also shall be as aforetime, and their congregation shall be established before me, and I will punish all that oppress them.
तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्; अनि तिनीहरूको समुदाय मेरो सामु स्थापित गरिनेछ; तिनीहरूलाई थिचोमिचो गर्ने सबैलाई म दण्ड दिनेछु।
21 And their nobles shall be of themselves, and their governor shall proceed from the midst of them; and I will cause him to draw near, and he shall approach unto me: for who [is] this that engaged his heart to approach unto me? saith the LORD.
तिनीहरूको अगुवा तिनीहरूकै आफ्नै जातिबाट हुनेछ; तिनीहरूको शासक तिनीहरूमध्येबाट खडा हुनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु र त्यो मेरो नजिक आउनेछ; किनकि आफैँले साहस गरेर को मेरो नजिक आउनसक्छ र?’ याहवेह घोषणा गर्नुहुन्छ।
22 And ye shall be my people, and I will be your God.
‘यसरी तिमीहरू मेरो प्रजा हुनेछौ; अनि म तिमीहरूले सेवा गर्ने परमेश्‍वर हुनेछु।’”
23 Behold, the whirlwind of the LORD goeth forth with fury, a continuing whirlwind: it shall fall with pain upon the head of the wicked.
हेर, याहवेहको रिस आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; अनि दुष्‍टहरूका टाउकोमाथि त्यो बतासको भुमरी जोडसित बजारिनेछ।
24 The fierce anger of the LORD shall not return, until he have done [it], and until he have performed the intents of his heart: in the latter days ye shall consider it.
जबसम्म याहवेहले उहाँको हृदयको उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नुहुन्‍न, तबसम्म उहाँको भयानक रिस शान्त हुनेछैन। आउने दिनहरूमा तिमीहरूले यो कुरा बुझ्नेछौ।

< Jeremiah 30 >