< 1 Timothy 2 >

1 I exhort therefore, that, first of all, supplications, prayers, intercessions, [and] giving of thanks, be made for all men;
यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्‍ति अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाइऊन्,
2 For kings, and [for] all that are in authority; that we may lead a quiet and peaceable life in all godliness and honesty.
राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि पनि ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउन सकौँ ।
3 For this [is] good and acceptable in the sight of God our Saviour;
यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
4 Who will have all men to be saved, and to come unto the knowledge of the truth.
उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।
5 For [there is] one God, and one mediator between God and men, the man Christ Jesus;
किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।
6 Who gave himself a ransom for all, to be testified in due time.
जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
7 Where unto I am ordained a preacher, and an apostle, (I speak the truth in Christ, [and] lie not; ) a teacher of the Gentiles in faith and verity.
यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।
8 I will therefore that men pray every where, lifting up holy hands, without wrath and doubting.
यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।
9 In like manner also, that women adorn themselves in modest apparel, with shamefacedness and sobriety; not with broided hair, or gold, or pearls, or costly array;
यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,
10 But (which becometh women professing godliness) with good works.
तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन ।
11 Let the woman learn in silence with all subjection.
एउटा स्‍त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।
12 But I suffer not a woman to teach, nor to usurp authority over the man, but to be in silence.
म स्‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍न तर तिनी चुपचाप रहून् ।
13 For Adam was first formed, then Eve.
किनभने आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा
14 And Adam was not deceived, but the woman being deceived was in the transgression.
र आदम छलिएका थिएन तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् ।
15 Notwithstanding she shall be saved in childbearing, if they continue in faith and charity and holiness with sobriety.
तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।

< 1 Timothy 2 >