< Psalms 82 >

1 God stands in the congregation of the mighty; he judges among the gods.
परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।
2 How long will all of you judge unjustly, and accept the persons of the wicked? (Selah)
कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला
3 Defend the poor and fatherless: do justice to the afflicted and needy.
गरीब र अनाथहरूको बचाऊ गर । कष्‍टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।
4 Deliver the poor and needy: rid them out of the hand of the wicked.
गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्‍टहरूका हातबाट छुट्टाओ ।
5 They know not, neither will they understand; they walk on in darkness: all the foundations of the earth are out of course.
तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।
6 I have said, All of you are gods; and all of you are children of the most High.
मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ ।
7 But all of you shall die like men, and fall like one of the princes.
तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्‍ये एक जनाझैं ढल्‍नेछौ ।”
8 Arise, O God, judge the earth: for you shall inherit all nations.
हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।

< Psalms 82 >