< Hosea 11 >
1 When Israel was a child, then I loved him, and called my son out of Egypt.
“जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।
2 As they called them, so they went from them: they sacrificed unto Baalim, and burned incense to graven images.
जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।
3 I taught Ephraim also to go, taking them by their arms; but they knew not that I healed them.
तापनि एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ । तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरें भन्ने कुरा तिनीहरूलाई थाहै भएन ।
4 I drew them with cords of a man, with bands of love: and I was to them as they that take off the yoke on their jaws, and I laid meat unto them.
तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्यक्ति जस्तै म तिनीहरूका निम्ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ ।
5 He shall not return into the land of Egypt, but the Assyrian shall be his king, because they refused to return.
के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्शूरले तिनीहरूमाथि राज्य गर्ने छैन र?
6 And the sword shall abide on his cities, and shall consume his branches, and devour them, because of their own counsels.
तिनीहरूका सहरहरूमा तरवार चल्नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्ट गर्नेछ । तिनीहरूका आफ्नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्ट गर्नेछ ।
7 And my people are bent to backsliding from me: though they called them to the most High, none at all would exalt him.
मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्चित गरेका छन् । तिनीहरूले सर्वोच्चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।
8 How shall I give thee up, Ephraim? how shall I deliver thee, Israel? how shall I make thee as Admah? how shall I set thee as Zeboim? mine heart is turned within me, my repentings are kindled together.
ए एफ्राइम, म कसरी तँलाई त्याग्न सक्छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्पिन सक्छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
9 I will not execute the fierceness of mine anger, I will not return to destroy Ephraim: for I am God, and not man; the Holy One in the midst of thee: and I will not enter into the city.
म आफ्नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्ट गर्नेछैनँ । किनकि म परमेश्वर हुँ र म मानिस होइनँ । तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ ।
10 They shall walk after Yhwh: he shall roar like a lion: when he shall roar, then the children shall tremble from the west.
तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्चिमबाट थरथर काम्दै आउनेछन् ।
11 They shall tremble as a bird out of Egypt, and as a dove out of the land of Assyria: and I will place them in their houses, saith Yhwh.
तिनीहरू मिश्रदेशबाट चराझैं र अश्शूरबाट ढुकुरझैं काम्दै आउनेछन् । तिनीहरूका आफ्नै घरमा बस्ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो ।
12 Ephraim compasseth me about with lies, and the house of Israel with deceit: but Judah yet ruleth with God, and is faithful with the saints.
एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्वरसँग हिंड्दैछ, र म, परमपवित्रमा विश्वासयोग्य छ ।”