< John 7 >
1 After these things Yahushua walked in Galilee: for he would not walk in Jewry, because the Jews sought to kill him.
अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
2 Now the Jews' feast of tabernacles was at hand.
यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
3 His brethren therefore said unto him, Depart hence, and go into Judaea, that thy disciples also may see the works that thou doest.
यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्न सकून् ।
4 For there is no man that doeth any thing in secret, and he himself seeketh to be known openly. If thou do these things, shew thyself to the world.
यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”
5 For neither did his brethren believe in him.
किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैनथे ।
6 Then Yahushua said unto them, My time is not yet come: but your time is alway ready.
त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।
7 The world cannot hate you; but me it hateth, because I testify of it, that the works thereof are evil.
संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।
8 Go ye up unto this feast: I go not up yet unto this feast; for my time is not yet full come.
तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
9 When he had said these words unto them, he abode still in Galilee.
उहाँले तिनीहरूलाई यी कुराहरू भन्नुभएपछि उहाँ गालीलमा नै बस्नुभयो ।
10 But when his brethren were gone up, then went he also up unto the feast, not openly, but as it were in secret.
तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
11 Then the Jews sought him at the feast, and said, Where is he?
यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”
12 And there was much murmuring among the people concerning him: for some said, He is a good man: others said, Nay; but he deceiveth the people.
त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”
13 Howbeit no man spake openly of him for fear of the Jews.
तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
14 Now about the midst of the feast Yahushua went up into the temple, and taught.
जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
15 And the Jews marvelled, saying, How knoweth this man letters, having never learned?
यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
16 Yahushua answered them, and said, My doctrine is not mine, but his that sent me.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
17 If any man will do his will, he shall know of the doctrine, whether it be of YHWH, or whether I speak of myself.
यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्नेछ ।
18 He that speaketh of himself seeketh his own glory: but he that seeketh his glory that sent him, the same is true, and no unrighteousness is in him.
आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्यक्ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।
19 Did not Moses give you the law, and yet none of you keepeth the law? Why go ye about to kill me?
के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
20 The people answered and said, Thou hast a devil: who goeth about to kill thee?
भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”
21 Yahushua answered and said unto them, I have done one work, and ye all marvel.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
22 Moses therefore gave unto you circumcision; (not because it is of Moses, but of the fathers; ) and ye on the Sabbath day circumcise a man.
मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
23 If a man on the Sabbath day receive circumcision, that the law of Moses should not be broken; are ye angry at me, because I have made a man every whit whole on the Sabbath day?
मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
24 Judge not according to the appearance, but judge righteous judgment.
बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
25 Then said some of them of Jerusalem, Is not this he, whom they seek to kill?
यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?
26 But, lo, he speaketh boldly, and they say nothing unto him. Do the rulers know indeed that this is the very Messiah?
अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्ट हुन् भन्ने जान्न सक्दैनन्, जान्न सक्छन् त?
27 Howbeit we know this man whence he is: but when the Messiah cometh, no man knoweth whence he is.
तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्नेछैन ।”
28 Then cried Yahushua in the temple as he taught, saying, Ye both know me, and ye know whence I am: and I am not come of myself, but he that sent me is true, whom ye know not.
त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ ।
29 But I know him: for I am from him, and he hath sent me.
म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
30 Then they sought to take him: but no man laid hands on him, because his hour was not yet come.
तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
31 And many of the people believed on him, and said, When the Messiah cometh, will he do more miracles than these which this man hath done?
तर भिडका धेरैले उहाँमाथि विश्वास गरे, र तिनीहरूले भने, “के ख्रीष्ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्नहरू गर्नुहुनेछ र?”
32 The Pharisees heard that the people murmured such things concerning him; and the Pharisees and the chief priests sent officers to take him.
भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
33 Then said Yahushua unto them, Yet a little while am I with you, and then I go unto him that sent me.
त्यसपछि येशूले भन्नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।
34 Ye shall seek me, and shall not find me: and where I am, thither ye cannot come.
तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ ।”
35 Then said the Jews among themselves, Whither will he go, that we shall not find him? will he go unto the dispersed among the Gentiles, and teach the Gentiles?
त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ? के यिनी ग्रिकहरूका बिचमा छरपष्ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन्?”
36 What manner of saying is this that he said, Ye shall seek me, and shall not find me: and where I am, thither ye cannot come?
यिनले ‘तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ’ भनेको वचन के हो?”
37 In the last day, that great day of the feast, Yahushua stood and cried, saying, If any man thirst, let him come unto me, and drink.
चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
38 He that believeth on me, as the scripture hath said, out of his belly shall flow rivers of living water.
धर्मशास्त्रले भनेझैँ जसले मलाई विश्वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्नेछन् ।”
39 (But this spake he of the Spirit, which they that believe on him should receive: for the Holy Spirit was not yet given; because that Yahushua was not yet glorified.)
तर उहाँले यो पवित्र आत्माको बारेमा भन्नुभएको थियो जसलाई उहाँमा विश्वास गर्नेहरूले प्राप्त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
40 Many of the people therefore, when they heard this saying, said, Of a truth this is the Prophet.
जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने, “यिनी साँच्चै अगमवक्ता नै हुन् ।”
41 Others said, This is the Messiah. But some said, Shall the Messiah come out of Galilee?
अरूहरूले भने, “यिनी ख्रीष्ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्ट गालीलबाट आउँछन् त?
42 Hath not the scripture said, That the Messiah cometh of the seed of David, and out of the town of Bethlehem, where David was?
के धर्मशास्त्रले ख्रीष्ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र?”
43 So there was a division among the people because of him.
यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो ।
44 And some of them would have taken him; but no man laid hands on him.
तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
45 Then came the officers to the chief priests and Pharisees; and they said unto them, Why have ye not brought him?
त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46 The officers answered, Never man spake like this man.
अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।”
47 Then answered them the Pharisees, Are ye also deceived?
त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ?
48 Have any of the rulers or of the Pharisees believed on him?
के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्वास गरेका छन्?
49 But this people who knoweth not the law are cursed.
तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।”
50 Nicodemus saith unto them, (he that came to Yahushua by night, being one of them, )
निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने,
51 Doth our law judge any man, before it hear him, and know what he doeth?
“के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्न र त्यसले के गर्छ भनी जान्न अगि न्याय गर्छ र?”
52 They answered and said unto him, Art thou also of Galilee? Search, and look: for out of Galilee ariseth no prophet.
तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्ता आउँदैन ।”
53 And every man went unto his own house.
(नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]