< Jeremiah 48 >
1 Against Moab thus says the LORD of hosts, the God of Israel; Woe to Nebo! for it is spoiled: Kiriathaim is confounded and taken: Misgab is confounded and dismayed.
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर मोआबलाई यसो भन्नुहुन्छः “नेबोलाई धिक्कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।
2 There shall be no more praise of Moab: in Heshbon they have devised evil against it; come, and let us cut it off from being a nation. Also you shall be cut down, O Madmen; the sword shall pursue you.
फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं । बौलाहाहरू पनि नष्ट हुनेछन् । तरवाले तँलाई खेद्नेछ ।'
3 A voice of crying shall be from Horonaim, spoiling and great destruction.
सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्नावशेष र ठुलो विनाश छ ।
4 Moab is destroyed; her little ones have caused a cry to be heard.
मोआब नष्ट पारिएको छ । त्यसका बच्चाहरू चिच्च्याएको सोर सुनिन्छ ।
5 For in the going up of Luhith continual weeping shall go up; for in the going down of Horonaim the enemies have heard a cry of destruction.
तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ ।
6 Flee, save your lives, and be like the heath in the wilderness.
भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन ।
7 For because you have trusted in your works and in your treasures, you shall also be taken: and Chemosh shall go forth into captivity with his priests and his princes together.
किनकि तिमीहरूका अभ्यास र धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ । तब कमोश त्यसका पुजारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ ।
8 And the spoiler shall come on every city, and no city shall escape: the valley also shall perish, and the plain shall be destroyed, as the LORD has spoken.
किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्नुभएको छ ।
9 Give wings to Moab, that it may flee and get away: for the cities thereof shall be desolate, without any to dwell therein.
मोआबलाई पखेटा देओ, किनकि निश्चय नै त्यसले उड्नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्ने भूमि हुनेछन्, जहाँ बस्ने कोही हुनेछैन ।
10 Cursed be he that does the work of the LORD deceitfully, and cursed be he that keeps back his sword from blood.
परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्ने कुनै व्यक्ति श्रापित होस् ।
11 Moab has been at ease from his youth, and he has settled on his lees, and has not been emptied from vessel to vessel, neither has he gone into captivity: therefore his taste remained in him, and his scent is not changed.
आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ । त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो । त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन । त्यसकारण त्यसको स्वाद सदा स्वादिष्ट हुन्छ । त्यसको बास्ना नबदी रहन्छ ।
12 Therefore, behold, the days come, says the LORD, that I will send to him wanderers, that shall cause him to wander, and shall empty his vessels, and break their bottles.
त्यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन्, र त्यसका सबै घैँटा रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन् ।
13 And Moab shall be ashamed of Chemosh, as the house of Israel was ashamed of Bethel their confidence.
तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ ।
14 How say you, We are mighty and strong men for the war?
तँ कसरी यसो भन्न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’?
15 Moab is spoiled, and gone up out of her cities, and his chosen young men are gone down to the slaughter, says the King, whose name is the LORD of hosts.
मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
16 The calamity of Moab is near to come, and his affliction hastens fast.
मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिंदैछ ।
17 All you that are about him, bemoan him; and all you that know his name, say, How is the strong staff broken, and the beautiful rod!
मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्नेहरू सबै यसो भन्दै कराओ, 'धिक्कार शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ ।'
18 You daughter that do inhabit Dibon, come down from your glory, and sit in thirst; for the spoiler of Moab shall come on you, and he shall destroy your strong holds.
ए दीबोनकी छोरी हो, तेरो इज्जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्ट गर्नेछ ।
19 O inhabitant of Aroer, stand by the way, and espy; ask him that flees, and her that escapes, and say, What is done?
ए अरोएरमा बस्ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर । भागिरहेका र उम्किरहेकाहरूला सोध, 'के भएको छ?'
20 Moab is confounded; for it is broken down: howl and cry; tell you it in Arnon, that Moab is spoiled,
मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्ने मानिसहरूलाई बताओ ।
21 And judgment is come on the plain country; on Holon, and on Jahazah, and on Mephaath,
दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि,
22 And on Dibon, and on Nebo, and on Bethdiblathaim,
दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,
23 And on Kiriathaim, and on Bethgamul, and on Bethmeon,
किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,
24 And on Kerioth, and on Bozrah, and on all the cities of the land of Moab, far or near.
किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ ।
25 The horn of Moab is cut off, and his arm is broken, says the LORD.
मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।
26 Make you him drunken: for he magnified himself against the LORD: Moab also shall wallow in his vomit, and he also shall be in derision.
त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।
27 For was not Israel a derision to you? was he found among thieves? for since you spoke of him, you skipped for joy.
किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस्?
28 O you that dwell in Moab, leave the cities, and dwell in the rock, and be like the dove that makes her nest in the sides of the hole’s mouth.
ए मोआबका बासिन्दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल । चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ ।
29 We have heard the pride of Moab, (he is exceeding proud) his loftiness, and his arrogance, and his pride, and the haughtiness of his heart.
हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं ।
30 I know his wrath, says the LORD; but it shall not be so; his lies shall not so effect it.
यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ ।
31 Therefore will I howl for Moab, and I will cry out for all Moab; my heart shall mourn for the men of Kirheres.
त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।
32 O vine of Sibmah, I will weep for you with the weeping of Jazer: your plants are gone over the sea, they reach even to the sea of Jazer: the spoiler is fallen on your summer fruits and on your vintage.
ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्दा म तेरो लागि बढी रुनेछु । तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे । विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन् ।
33 And joy and gladness is taken from the plentiful field, and from the land of Moab, and I have caused wine to fail from the winepresses: none shall tread with shouting; their shouting shall be no shouting.
मोआब देश र त्यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु । तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्वर आनन्दको स्वर हुनेछैन ।
34 From the cry of Heshbon even to Elealeh, and even to Jahaz, have they uttered their voice, from Zoar even to Horonaim, as an heifer of three years old: for the waters also of Nimrim shall be desolate.
तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।
35 Moreover I will cause to cease in Moab, says the LORD, him that offers in the high places, and him that burns incense to his gods.
किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो ।
36 Therefore my heart shall sound for Moab like pipes, and my heart shall sound like pipes for the men of Kirheres: because the riches that he has gotten are perished.
त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्ट भएका छन् ।
37 For every head shall be bald, and every beard clipped: on all the hands shall be cuttings, and on the loins sackcloth.
किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ ।
38 There shall be lamentation generally on all the housetops of Moab, and in the streets thereof: for I have broken Moab like a vessel wherein is no pleasure, says the LORD.
मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ । किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु, यो परमप्रभुको घोषणा हो ।
39 They shall howl, saying, How is it broken down! how has Moab turned the back with shame! so shall Moab be a derision and a dismaying to all them about him.
त्यो कस्तो चूरचूर पारिएको छ! आफ्नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्नेछ ।”
40 For thus says the LORD; Behold, he shall fly as an eagle, and shall spread his wings over Moab.
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।
41 Kerioth is taken, and the strong holds are surprised, and the mighty men’s hearts in Moab at that day shall be as the heart of a woman in her pangs.
किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्त्रीहरूका हृदयझैं हुनेछन् ।
42 And Moab shall be destroyed from being a people, because he has magnified himself against the LORD.
त्यसैले मोआब पूर्ण रूपमा नष्ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।
43 Fear, and the pit, and the snare, shall be on you, O inhabitant of Moab, says the LORD.
ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो ।
44 He that flees from the fear shall fall into the pit; and he that gets up out of the pit shall be taken in the snare: for I will bring on it, even on Moab, the year of their visitation, says the LORD.
त्रासको कारणले भाग्ने जो कोही पनि खाडलमा खस्नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
45 They that fled stood under the shadow of Heshbon because of the force: but a fire shall come forth out of Heshbon, and a flame from the middle of Sihon, and shall devour the corner of Moab, and the crown of the head of the tumultuous ones.
भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ ।
46 Woe be to you, O Moab! the people of Chemosh perishes: for your sons are taken captives, and your daughters captives.
ए मोआब, तँलाई धिक्कार छ! कमोशका मानिसहरू नष्ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् ।
47 Yet will I bring again the captivity of Moab in the latter days, says the LORD. Thus far is the judgment of Moab.
तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो । मोआबको इन्साफ यहीँ समाप्त हुन्छ ।