< Acts 18 >
1 After these things Paul departed from Athens, and came to Corinth;
यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
2 And found a certain Jew named Aquila, born in Pontus, lately come from Italy, with his wife Priscilla; (because that Claudius had commanded all Jews to depart from Rome: ) and came to them.
त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
3 And because he was of the same craft, he stayed with them, and worked: for by their occupation they were tentmakers.
पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
4 And he reasoned in the synagogue every sabbath, and persuaded the Jews and the Greeks.
तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
5 And when Silas and Timotheus were come from Macedonia, Paul was pressed in the spirit, and testified to the Jews that Jesus was Christ.
तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
6 And when they opposed themselves, and blasphemed, he shook his raiment, and said to them, Your blood be on your own heads; I am clean; from now on I will go to the Gentiles.
तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
7 And he departed there, and entered into a certain man’s house, named Justus, one that worshipped God, whose house joined hard to the synagogue.
तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
8 And Crispus, the chief ruler of the synagogue, believed on the Lord with all his house; and many of the Corinthians hearing believed, and were baptized.
सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्वास गरे । पावलका कुरा सुन्ने कोरिन्थका धेरै मानिसहरूले विश्वास गरे र बप्तिस्मा लिए ।
9 Then spoke the Lord to Paul in the night by a vision, Be not afraid, but speak, and hold not your peace:
राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
10 For I am with you, and no man shall set on you to hurt you: for I have much people in this city.
किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
11 And he continued there a year and six months, teaching the word of God among them.
त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्वरको वचन सिकाए ।
12 And when Gallio was the deputy of Achaia, the Jews made insurrection with one accord against Paul, and brought him to the judgment seat,
तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए ।
13 Saying, This fellow persuades men to worship God contrary to the law.
तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न लगाउँछ ।”
14 And when Paul was now about to open his mouth, Gallio said to the Jews, If it were a matter of wrong or wicked lewdness, O you Jews, reason would that I should bear with you:
तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
15 But if it be a question of words and names, and of your law, look you to it; for I will be no judge of such matters.
तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्नँ ।”
16 And he drove them from the judgment seat.
तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए ।
17 Then all the Greeks took Sosthenes, the chief ruler of the synagogue, and beat him before the judgment seat. And Gallio cared for none of those things.
तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
18 And Paul after this tarried there yet a good while, and then took his leave of the brothers, and sailed there into Syria, and with him Priscilla and Aquila; having shorn his head in Cenchrea: for he had a vow.
धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए ।
19 And he came to Ephesus, and left them there: but he himself entered into the synagogue, and reasoned with the Jews.
जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
20 When they desired him to tarry longer time with them, he consented not;
तिनीहरूले पावललाई अझै केही समय बस्न अनुरोध गरे तर उनले इन्कार गरे ।
21 But bade them farewell, saying, I must by all means keep this feast that comes in Jerusalem: but I will return again to you, if God will. And he sailed from Ephesus.
तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।
22 And when he had landed at Caesarea, and gone up, and saluted the church, he went down to Antioch.
कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
23 And after he had spent some time there, he departed, and went over all the country of Galatia and Phrygia in order, strengthening all the disciples.
त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
24 And a certain Jew named Apollos, born at Alexandria, an eloquent man, and mighty in the scriptures, came to Ephesus.
अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
25 This man was instructed in the way of the Lord; and being fervent in the spirit, he spoke and taught diligently the things of the Lord, knowing only the baptism of John.
अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्र ज्ञान थियो ।
26 And he began to speak boldly in the synagogue: whom when Aquila and Priscilla had heard, they took him to them, and expounded to him the way of God more perfectly.
अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
27 And when he was disposed to pass into Achaia, the brothers wrote, exhorting the disciples to receive him: who, when he was come, helped them much which had believed through grace:
जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।
28 For he mightily convinced the Jews, and that publicly, showing by the scriptures that Jesus was Christ.
धर्मशास्त्रद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।