< 1 Corinthians 9 >

1 Am I not an apostle? am I not free? have I not seen Jesus Christ our Lord? are not you my work in the Lord?
के म स्वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र?
2 If I be not an apostle to others, yet doubtless I am to you: for the seal of my apostleship are you in the Lord.
म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ ।
3 My answer to them that do examine me is this,
यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः
4 Have we not power to eat and to drink?
के हामीलाई खाने र पिउने अधिकार छैन?
5 Have we not power to lead about a sister, a wife, as well as other apostles, and as the brothers of the Lord, and Cephas?
के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन?
6 Or I only and Barnabas, have not we power to forbear working?
अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ?
7 Who goes a warfare any time at his own charges? who plants a vineyard, and eats not of the fruit thereof? or who feeds a flock, and eats not of the milk of the flock?
कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र?
8 Say I these things as a man? or says not the law the same also?
के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु? के व्यवस्थाले पनि यसै गर भन्दैन र?
9 For it is written in the law of Moses, You shall not muzzle the mouth of the ox that treads out the corn. Does God take care for oxen?
मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ?
10 Or says he it altogether for our sakes? For our sakes, no doubt, this is written: that he that plows should plow in hope; and that he that threshes in hope should be partaker of his hope.
के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।
11 If we have sown to you spiritual things, is it a great thing if we shall reap your carnal things?
यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?
12 If others be partakers of this power over you, are not we rather? Nevertheless we have not used this power; but suffer all things, lest we should hinder the gospel of Christ.
यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ ।
13 Do you not know that they which minister about holy things live of the things of the temple? and they which wait at the altar are partakers with the altar?
के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र?
14 Even so has the Lord ordained that they which preach the gospel should live of the gospel.
त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।
15 But I have used none of these things: neither have I written these things, that it should be so done to me: for it were better for me to die, than that any man should make my glorying void.
तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु ।
16 For though I preach the gospel, I have nothing to glory of: for necessity is laid on me; yes, woe is to me, if I preach not the gospel!
मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ ।
17 For if I do this thing willingly, I have a reward: but if against my will, a dispensation of the gospel is committed to me.
किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।
18 What is my reward then? Truly that, when I preach the gospel, I may make the gospel of Christ without charge, that I abuse not my power in the gospel.
त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
19 For though I be free from all men, yet have I made myself servant to all, that I might gain the more.
किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ ।
20 And to the Jews I became as a Jew, that I might gain the Jews; to them that are under the law, as under the law, that I might gain them that are under the law;
यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ ।
21 To them that are without law, as without law, (being not without law to God, but under the law to Christ, ) that I might gain them that are without law.
म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।
22 To the weak became I as weak, that I might gain the weak: I am made all things to all men, that I might by all means save some.
कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
23 And this I do for the gospel’s sake, that I might be partaker thereof with you.
सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ ।
24 Know you not that they which run in a race run all, but one receives the prize? So run, that you may obtain.
दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले, पुरस्कार पाउने गरी दौड ।
25 And every man that strives for the mastery is temperate in all things. Now they do it to obtain a corruptible crown; but we an incorruptible.
एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ ।
26 I therefore so run, not as uncertainly; so fight I, not as one that beats the air:
त्यसैले, म बिनाउदेश्य वा हावामा दौडन्‍नँ ।
27 But I keep under my body, and bring it into subjection: lest that by any means, when I have preached to others, I myself should be a castaway.
तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।

< 1 Corinthians 9 >