< 1 Corinthians 2 >
1 And I, brothers, when I came to you, came not with excellency of speech or of wisdom, declaring to you the testimony of God.
भाइहरू हो, गुप्तमा रहेका परमेश्वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्ता र बुद्धिका साथमा आइनँ ।
2 For I determined not to know any thing among you, save Jesus Christ, and him crucified.
तिमीहरूका माझमा हुँदा येशू ख्रीष्ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्ने निर्णय गरे ।
3 And I was with you in weakness, and in fear, and in much trembling.
अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।
4 And my speech and my preaching was not with enticing words of man’s wisdom, but in demonstration of the Spirit and of power:
र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए ।
5 That your faith should not stand in the wisdom of men, but in the power of God.
तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् ।
6 However, we speak wisdom among them that are perfect: yet not the wisdom of this world, nor of the princes of this world, that come to nothing: (aiōn )
अब, परिपक्वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । (aiōn )
7 But we speak the wisdom of God in a mystery, even the hidden wisdom, which God ordained before the world to our glory: (aiōn )
बरु, लुकाइएका सत्यतामा हामी परमेश्वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्त गर्नुभयो । (aiōn )
8 Which none of the princes of this world knew: for had they known it, they would not have crucified the Lord of glory. (aiōn )
यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् । (aiōn )
9 But as it is written, Eye has not seen, nor ear heard, neither have entered into the heart of man, the things which God has prepared for them that love him.
तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नुभएको छ ।”
10 But God has revealed them to us by his Spirit: for the Spirit searches all things, yes, the deep things of God.
परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
11 For what man knows the things of a man, save the spirit of man which is in him? even so the things of God knows no man, but the Spirit of God.
मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ? यसरी नै, परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन ।
12 Now we have received, not the spirit of the world, but the spirit which is of God; that we might know the things that are freely given to us of God.
तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरका आत्मा पाएका छौँ, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्न सकौँ ।
13 Which things also we speak, not in the words which man’s wisdom teaches, but which the Holy Ghost teaches; comparing spiritual things with spiritual.
हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।
14 But the natural man receives not the things of the Spirit of God: for they are foolishness to him: neither can he know them, because they are spiritually discerned.
परमेश्वरका आत्माका कुराहरू अनात्मिक व्यक्तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्न सकिन्छ ।
15 But he that is spiritual judges all things, yet he himself is judged of no man.
आत्मिक व्यक्तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।
16 For who has known the mind of the Lord, that he may instruct him? But we have the mind of Christ.
किनाकि “कसले परमेश्वरको मनलाई जान्दछ? र कसले उहाँलाई अर्ती दिन सक्छ?” तर हामीसँग ख्रीष्टको मन छ ।