< Psalms 3 >

1 A Psalm of David, when he fled from Absalom his son. LORD, how many are mine adversaries become! Many are they that rise up against me.
हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।
2 Many there are that say of my soul: 'There is no salvation for him in God.' (Selah)
धेरै जनाले मेरो बारेमा भन्छन्, “त्यसको निम्‍ति परमेश्‍वरबाट कुनै सहायता छैन ।” सेला
3 But thou, O LORD, art a shield about me; my glory, and the lifter up of my head.
तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्‍च पार्नुहुन्छ ।
4 With my voice I call unto the LORD, and He answereth me out of His holy mountain. (Selah)
परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
5 I lay me down, and I sleep; I awake, for the LORD sustaineth me.
म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।
6 I am not afraid of ten thousands of people, that have set themselves against me round about.
मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।
7 Arise, O LORD; save me, O my God; for Thou hast smitten all mine enemies upon the cheek, Thou hast broken the teeth of the wicked.
हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।
8 Salvation belongeth unto the LORD; Thy blessing be upon Thy people. (Selah)
उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला

< Psalms 3 >