< Isaiah 39 >
1 At that time Merodach-baladan the son of Baladan, king of Babylon, sent a letter and a present to Hezekiah; for he heard that he had been sick, and was recovered.
त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।
2 And Hezekiah was glad of them, and showed them his treasure-house, the silver, and the gold, and the spices, and the precious oil, and all the house of his armour, and all that was found in his treasures; there was nothing in his house, nor in all his dominion, that Hezekiah showed them not.
यी कुराहरूमा हिजकिया प्रशन्न भएका थिए । ती दूतहरूलाई आफ्ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्डार, आफ्ना हतियारहरूका भण्डार र आफ्ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन ।
3 Then came Isaiah the prophet unto king Hezekiah, and said unto him: 'What said these men? and from whence came they unto thee?' And Hezekiah said: 'They are come from a far country unto me, even from Babylon.'
त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।”
4 Then said he: 'What have they seen in thy house?' And Hezekiah answered: 'All that is in my house have they seen; there is nothing among my treasures that I have not shown them.'
यशैयाले सोधे, “तिनीहरूले तपाईंको दरवार के कुरा हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो दरवारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमस तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।”
5 Then said Isaiah to Hezekiah: 'Hear the word of the LORD of hosts:
तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्,
6 Behold, the days come, that all that is in thy house, and that which thy fathers have laid up in store until this day, shall be carried to Babylon; nothing shall be left, saith the LORD.
‘हेर्, यस्ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन ।
7 And of thy sons that shall issue from thee, whom thou shalt beget, shall they take away; and they shall be officers in the palace of the king of Babylon.'
तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्नेछन् ।’”
8 Then said Hezekiah unto Isaiah: 'Good is the word of the LORD which thou hast spoken.' He said moreover: 'If but there shall be peace and truth in my days.'
तब हिजकियाले यशैयालाई भने, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।”