< Song of Solomon 8 >
1 Oh that thou werest as my brother that sucked the brestes of my mother: I would finde thee without, I would kisse thee, then they should not despise thee.
प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई तुच्छ ठान्नेथिएन ।
2 I will leade thee and bring thee into my mothers house: there thou shalt teache me: and I will cause thee to drinke spiced wine, and newe wine of the pomegranate.
मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजानेथिएँ, जसले मलाई सिकाउनुभयो । मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य र मेरा दारिमका रस दिनेथिएँ । प्रेमिका आफूसित बोल्दैः
3 His left hand shalbe vnder mine head, and his right hand shall embrace me.
उहाँको देब्रे हात मेरो शिरमूनि छ, र उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अरू स्त्रीहरूसित बोल्दैः
4 I charge you, O daughters of Ierusale, that you stir not vp, nor waken my loue, vntil she please.
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूले वाचा बाँधेको चाहन्छु, कि हाम्रो मायाप्रीति खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू । यरूशलेमका स्त्रीहरू बोल्दैः
5 (Who is this that commeth vp out of the wildernesse, leaning vpon her welbeloued?) I raysed thee vp vnder an apple tree: there thy mother conceiued thee: there she coceiued that bare thee.
आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड-स्थानबाट आउँदै गरेको को हो? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रुखमूनि ब्युँझाएँ । त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो । त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो र तपाईंलाई जन्म दिनुभयो ।
6 Set mee as a seale on thine heart, and as a signet vpon thine arme: for loue is strong as death: ielousie is cruel as the graue: the coles thereof are fierie coles, and a vehement flame. (Sheol )
मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ । जोसिको भक्ति पातालजत्तिकै निष्ठुर हुन्छ । यसको ज्वाला दन्कन्छ । यो दन्कने आगो हो । यो कुनै पनि आगोभन्दा तातो हुन्छ । (Sheol )
7 Much water can not quench loue, neither can the floods drowne it: If a man should giue all the substance of his house for loue, they would greatly contemne it.
उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन, न त बाढीले यसलाई बगाउन सक्छ । कुनै मानिसले प्रेमको लागि आफ्नो घरको सारा सम्पत्ति दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो । प्रेमिकाका दाजुहरू आफ्नै बिचमा बोल्दैः
8 Wee haue a litle sister, and she hath no breastes: what shall we do for our sister when she shalbe spoken for?
हाम्री एउटी सानी बहिनी छिन्, र तिनका स्तनहरू बढिसकेका छैनन् । हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ?
9 If shee be a wall, we will builde vpon her a siluer palace: and if she be a doore, we wil keepe her in with bordes of cedar.
उनी पर्खाल भइदिएको भए, हामी उनीमाथि चाँदीको एउटा धरहरा बनाउनेथियौँ । उनी ढोका भइदिएको भए, हामी उनलाई देवदारुका फल्याकहरूले सजाउनेथियौँ । प्रेमिका आफूसित बोल्दैः
10 I am a wall, and my breasts are as towres: then was I in his eyes as one that findeth peace.
म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन् । त्यसैले म उहाँको दृष्टिमा सन्तुष्ट ल्याउने व्यक्ति भएकी छु । प्रेमिका आफूसित बोल्दैः
11 Salomon had a vine in Baal-hamon: hee gaue the vineyarde vnto keepers: euery one bringeth for ye fruite thereof a thousand pieces of siluer.
बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो । त्यसको रेखदेख गर्न सक्नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो । हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्का ल्याउनुपर्थ्यो ।
12 But my vineyarde which is mine, is before me: to thee, O Salomon appertaineth a thousand pieces of siluer, and two hundreth to them that keepe the fruite thereof.
मेरो आफ्नै दाखबारी मेरै सामु छ । हे सोलोमन, ती एक हजार सिक्का त तपाईंकै निम्ति हुन्, र दुई सय सिक्का यसको फलफुल हुर्काउनेका निम्ति हुन् । प्रेमी प्रेमिकासित बोल्दैः
13 O thou that dwellest in the gardens, the companions hearken vnto thy voyce: cause me to heare it.
तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् । मैले पनि सुन्न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः
14 O my welbeloued, flee away, and be like vnto the roe, or to the yong harte vpon ye mountaines of spices.
हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्ने हरिण वा जवान मृगजस्तै हुनुहोस् ।