< Proverbs 21 >
1 The Kings heart is in the hand of the Lord, as the riuers of waters: he turneth it whithersoeuer it pleaseth him.
राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।
2 Euery way of a man is right in his owne eyes: but the Lord pondereth the hearts.
हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।
3 To doe iustice and iudgement is more acceptable to the Lord then sacrifice.
बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।
4 A hautie looke, and a proude heart, which is the light of the wicked, is sinne.
अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्टको बत्ती पाप हुन् ।
5 The thoughtes of the diligent doe surely bring abundance: but whosoeuer is hastie, commeth surely to pouertie.
परिश्रमीका योजनाहरूले केवल उन्नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।
6 The gathering of treasures by a deceitfull tongue is vanitie tossed to and from of them that seeke death.
झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।
7 The robberie of the wicked shall destroy them: for they haue refused to execute iudgement.
दुष्टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।
8 The way of some is peruerted and strange: but of the pure man, his worke is right.
दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
9 It is better to dwell in a corner of the house top, then with a contentious woman in a wide house.
झगडालु पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
10 The soule of the wicked wisheth euill: and his neighbour hath no fauour in his eyes.
दुष्टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।
11 When the scorner is punished, the foolish is wise: and when one instructeth the wise, he wil receiue knowledge.
खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ ।
12 The righteous teacheth the house of the wicked: but God ouerthroweth the wicked for their euill.
धर्मात्माले दुष्ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।
13 He that stoppeth his eare at the crying of the poore, he shall also cry and not be heard.
गरिबको पुकारामा कान थुन्नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
14 A gift in secret pacifieth anger, and a gift in the bosome great wrath.
गुप्तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।
15 It is ioye to the iust to doe iudgement: but destruction shalbe to the workers of iniquitie.
न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।
16 A man that wandreth out of the way of wisdome, shall remaine in the congregation of the dead.
समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।
17 Hee that loueth pastime, shalbe a poore man: and he that loueth wine and oyle, shall not be riche.
मोजमज्जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।
18 The wicked shalbe a ransome for the iust, and the transgressour for the righteous.
दुष्ट मानिस धर्मी मानिसको लागि प्रायश्चित्त हुन्छ, र विश्वासघाती मानिस सोझो मानिसको लागि प्रायश्चित्त हुन्छ ।
19 It is better to dwell in the wildernesse, then with a contentious and angry woman.
झगडालु र रिसालु पत्नीसित बस्नुभन्दा उजाड्-स्थानमा बस्नु बेस हुन्छ ।
20 In the house of the wise is a pleasant treasure and oyle: but a foolish man deuoureth it.
इच्छा गरिएको खजाना र तेल बुद्धिमान्को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
21 He that followeth after righteousnes and mercy, shall finde life, righteousnes, and glory.
असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्जत पाउँछ ।
22 A wise man goeth vp into the citie of the mightie, and casteth downe the strength of the confidence thereof.
बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।
23 He that keepeth his mouth and his tongue, keepeth his soule from afflictions.
आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्टबाट बचाउँछ ।
24 Proude, hautie and scornefull is his name that worketh in his arrogancie wrath.
घमण्डी र हठी मानिसको नाउँ “खिल्ली उडाउने” हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ ।
25 The desire of the slouthfull slayeth him: for his hands refuse to worke.
अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।
26 He coueteth euermore greedily, but the righteous giueth and spareth not.
दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।
27 The sacrifice of the wicked is an abomination: how much more when he bringeth it with a wicked minde?
दुष्टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ ।
28 A false witnes shall perish: but hee that heareth, speaketh continually.
झुटो साक्षी नष्ट हुने छ, तर ध्यान दिएर सुन्नेले बोलिरहने छ ।
29 A wicked man hardeneth his face: but the iust, he will direct his way.
दुष्ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्चित हुन्छ ।
30 There is no wisedome, neither vnderstanding, nor counsell against the Lord.
यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।
31 The horse is prepared against the day of battell: but saluation is of the Lord.
घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।