< Matthew 7 >
1 Judge not, that ye be not iudged.
इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
2 Eor with what iudgement ye iudge, ye shall be iudged, and with what measure ye mete, it shall be measured to you againe.
किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
3 And why seest thou the mote, that is in thy brothers eye, and perceiuest not the beame that is in thine owne eye?
र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ?
4 Or howe sayest thou to thy brother, Suffer me to cast out the mote out of thine eye, and beholde, a beame is in thine owne eye?
तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ?
5 Hypocrite, first cast out that beame out of thine owne eye, and then shalt thou see clearely to cast out the mote out of thy brothers eye.
ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्टसँग देख्न सक्छौ ।
6 Giue ye not that which is holy, to dogges, neither cast ye your pearles before swine, lest they treade them vnder their feete, and turning againe, all to rent you.
जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।
7 Aske, and it shall be giuen you: seeke, and ye shall finde: knocke, and it shall be opened vnto you.
माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
8 For whosoeuer asketh, receiueth: and he, that seeketh, findeth: and to him that knocketh, it shall be opened.
किनकि माग्ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
9 For what man is there among you, which if his sonne aske him bread, woulde giue him a stone?
वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला?
10 Or if he aske fish, wil he giue him a serpent?
वा, उसले माछा माग्दा उसलाई सर्प देला?
11 If ye then, which are euill, can giue to your children good giftes, howe much more shall your Father which is in heauen, giue good thinges to them that aske him?
यसकारण, तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ?
12 Therefore whatsoeuer ye woulde that men should doe to you, euen so doe ye to them: for this is the Lawe and the Prophets.
त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्ताहरूको शिक्षा हो ।
13 Enter in at the streight gate: for it is the wide gate, and broade way that leadeth to destruction: and many there be which goe in thereat,
साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।
14 Because the gate is streight, and the way narowe that leadeth vnto life, and fewe there be that finde it.
किनकि जीवनमा डोर्याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
15 Beware of false prophets, which come to you, in sheepes clothing, but inwardly they are rauening wolues.
झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन् ।
16 Ye shall know them by their fruites. Doe men gather grapes of thornes? or figges of thistles?
तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र?
17 So euery good tree bringeth foorth good fruite, and a corrupt tree bringeth forth euill fruite.
यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।
18 A good tree can not bring forth euil fruite: neither can a corrupt tree bring forth good fruite.
एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।
19 Euery tree that bringeth not forth good fruite, is hewen downe, and cast into the fire.
हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
20 Therefore by their fruites ye shall knowe them.
यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ ।
21 Not euery one that sayeth vnto me, Lord, Lord, shall enter into the kingdome of heauen, but he that doeth my Fathers will which is in heauen.
‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
22 Many will say to me in that day, Lord, Lord, haue we not by thy Name prophecied? and by thy name cast out deuils? and by thy name done many great workes?
त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौँ र?’
23 And then will I professe to them, I neuer knewe you: depart from me, ye that worke iniquitie.
तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
24 Whosoeuer then heareth of mee these words, and doeth the same, I will liken him to a wise man, which hath builded his house on a rock:
त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
25 And the raine fell, and the floods came, and the windes blewe, and beat vpon that house, and it fell not: for it was grounded on a rocke.
पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
26 But whosoeuer heareth these my wordes, and doeth them not, shall be likened vnto a foolish man, which hath builded his house vpon the sand:
तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।
27 And the raine fell, and the floods came, and the windes blewe, and beat vpon that house, and it fell, and the fall thereof was great.
पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्ट भयो ।”
28 And it came to passe, when Iesus had ended these wordes, the people were astonied at his doctrine.
जब येशूले यी वचन भनेर सक्नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
29 For he taught them as one hauing authoritie, and not as the Scribes.
किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।