< 2 Kings 13 >

1 In the three and twentieth yeere of Ioash the sonne of Ahaziah King of Iudah, Iehoahaz the sonne of Iehu began to reigne ouer Israel in Samaria, and he reigned seuenteene yeere.
यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे
2 And he did euil in the sight of the Lord, and followed the sinnes of Ieroboam the sonne of Nebat, which made Israel to sinne, and departed not therefrom.
परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।
3 And the Lord was angry with Israel, and deliuered them into the hand of Hazael King of Aram, and into the hand of Ben-hadad the sonne of Hazael, all his dayes.
इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो ।
4 And Iehoahaz besought the Lord, and the Lord heard him: for he saw the trouble of Israel, wherewith the King of Aram troubled them.
त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो ।
5 (And the Lord gaue Israel a deliuerer, so that they came out from vnder the subiection of the Aramites. And the children of Israel dwelt in their tents as before time.
त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे ।
6 Neuerthelesse they departed not from the sinnes of the house of Ieroboam which made Israel sinne, but walked in them. euen the groue also remayned still in Samaria)
तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो ।
7 For he had left of the people to Iehoahaz but fiftie horsemen, and tenne charets, and tenne thousand footemen, because the King of Aram had destroyed them, and made them like dust beaten to pouder.
अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए ।
8 Concerning the rest of the actes of Iehoahaz and all that he did, and his valiant deedes, are they not written in the booke of the Chronicles of the Kings of Israel?
यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
9 And Iehoahaz slept with his fathers, and they buried him in Samaria, and Ioash his sonne reigned in his steade.
यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।
10 In the seuen and thirtieth yere of Ioash King of Iudah began Iehoash the sonne of Iehoahaz to reigne ouer Israel in Samaria, and reigned sixteene yeere,
यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।
11 And did euil in the sight of the Lord: for he departed not from all the sinnes of Ieroboam the sonne of Nebat that made Israel to sinne, but he walked therein.
परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
12 Concerning the rest of the actes of Ioash and all that he did, and his valiant deedes, and how he fought against Amaziah King of Iudah, are they not written in the booke of the Chronicles of the Kings of Israel?
यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
13 And Ioash slept with his fathers, and Ieroboam sate vpon his seate: and Ioash was buryed in Samaria among the Kings of Israel.
यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।
14 When Elisha fell sicke of his sickenesse whereof he dyed, Ioash the King of Israel came downe vnto him, and wept vpon his face, and sayd, O my father, my father, the charet of Israel, and the horsemen of the same.
अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।”
15 Then Elisha sayde vnto him, Take a bowe and arrowes. And he tooke vnto him bowe and arrowes.
एलीशाले तिनलाई भने, “एउटा धनु र केही काँडहरू उठाउनुहोस् ।” त्यसैले योआशले एउटा धनु र केही काँडहरू उठाए ।
16 And he sayde to the King of Israel, Put thine hand vpon the bowe. And he put his hand vpon it. And Elisha put his hands vpon the Kings hands,
एलीशाले इस्राएलका राजालाई भने, “आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे ।
17 And saide, Open the windowe Eastward. And when he had opened it, Elisha said, Shoote. And he shot. And he sayd, Beholde the arrowe of the Lordes deliuerance and the arrowe of deliuerance against Aram: for thou shalt smite the Aramites in Aphek, till thou hast consumed them.
एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्‍यसलाई खोले । तब एलीशाले भने, “हान्‍नुहोस्!” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।”
18 Againe he said, Take the arrowes. And he tooke them. And he sayde vnto the King of Israel, Smite the ground. And he smote thrise, and ceased.
तब एलीशाले भने, “काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, “तिनले भुइँमा हान्‍नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए ।
19 Then the man of God was angry with him, and sayde, Thou shouldest haue smitten fiue or sixe times, so thou shouldest haue smitten Aram, till thou haddest consumed it, where nowe thou shalt smite Aram but thrise.
तर परमेश्‍वरका मानिस तिनीसित रिसाए र भने, “तपाईंले पाँच वा छ पटक भुइँलाई हिर्काउनुपर्थ्‍यो । तब तपाईंले अरामलाई निमिट्ट्यान्‍न नभएसम्म आक्रमण गर्नुहुनेथियो, तर अब त तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ ।”
20 So Elisha dyed, and they buryed him. And certaine bandes of the Moabites came into the land that yeere.
तब एलीशा मरे, र तिनीहरूले तिनलाई गाडे । नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे ।
21 And as they were burying a man, behold, they saw the souldiers: therfore they cast the man into the sepulchre of Elisha. And when the man was downe, and touched the bones of Elisha, he reuiued and stoode vpon his feete.
तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे, त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले । लाशले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो ।
22 But Hazael King of Aram vexed Israel all the dayes of Iehoahaz.
अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।
23 Therefore the Lord had mercy on them and pitied them, and had respect vnto them because of his couenant with Abraham, Izhak, and Iaakob, and would not destroy them, neither cast he them from him as yet.
तर अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।
24 So Hazael the King of Aram dyed: and Ben-hadad his sonne reigned in his stead.
अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।
25 Therefore Iehoash the sonne of Iehoahaz returned, and tooke out of the hand of Ben-hadad the sonne of Hazael the cities which he had taken away by warre out of the hand of Iehoahaz his father: for three times did Ioash beate him, and restored the cities vnto Israel.
यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।

< 2 Kings 13 >