< 2 Chronicles 17 >
1 And Iehosphat his sonne reigned in his steade, and preuailed against Israel.
आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
2 And he put garisons in all the strong cities of Iudah, and set bandes in the lande of Iudah and in the cities of Ephraim, which Asa his father had taken.
तिनले यहूदाका किल्ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे ।
3 And the Lord was with Iehoshaphat, because he walked in the first wayes of his father Dauid, and sought not Baalim,
परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
4 But sought the Lord God of his father, and walked in his commandements, and not after the trade of Israel.
बरू, तिनले आफ्ना पिताका परमेश्वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।
5 Therefore the Lord stablished the kingdome in his hande, and all Iudah brought presents to Iehoshaphat, so that he had of riches and honour in abundance.
यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।
6 And he lift vp his heart vnto the wayes of the Lord, and he tooke away moreouer the hie places and the groues out of Iudah.
तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
7 And in the thirde yere of his reigne he sent his princes, Ben-hail, and Obadiah, and Zechariah, and Nethaneel, and Michaiah, that they should teach in the cities of Iudah,
आफ्नो राजकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।
8 And with them Leuites, Shemaiah, and Nethaniah, and Zebadiah, and Asahel, and Shemiramoth, and Iehonathan, and Adoniiah, and Tobiiah, and Tob-adoniiah, Leuites, and with the Elishama and Iehoram Priestes.
तिनीहरूसँग लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए ।
9 And they taught in Iudah, and had the booke of the Lawe of the Lord with them, and went about throughout all the cities of Iudah, and taught the people.
तिनीहरूले आफूसित परमप्रभुका व्यवस्थाको पुस्तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
10 And the feare of the Lord fell vpon all the kingdomes of ye lands that were round about Iudah, and they fought not against Iehoshaphat.
यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
11 Also some of the Philistims brought Iehoshaphat giftes and tribute siluer, and the Arabians brought him flockes, seuen thousande and seuen hundreth rammes, and seuen thousande and seuen hundreth hee goates.
पलिश्तीमध्ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्याए । अरबीहरूले तिनका निम्ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्याए ।
12 So Iehoshaphat prospered and grewe vp on hie: and he built in Iudah palaces and cities of store.
यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए ।
13 And he had great workes in the cities of Iudah, and men of warre, and valiant men in Ierusalem.
यहूदाका सहरहरूमा तिनीसँग प्रशस्त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
14 And these are the nombers of them after the house of their fathers, In Iudah were captaines of thousands, Adnah the captaine, and with him of valiant men three hundreth thousande.
तिनीहरू आआफ्नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
15 And at his hande Iehohanan a captaine, and with him two hundreth and fourescore thousande.
तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
16 And at his hande Amasiah the sonne of Zichri, which willingly offered him selfe vnto the Lord, and with him two hundreth thousand valiant men.
तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
17 And of Beniamin, Eliada a valiant man, and with him armed men with bowe and shielde two hundreth thousand.
बेन्यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज ।
18 And at his hand Iehozabad, and with him an hundreth and fourescore thousand armed to the warre.
तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
19 These waited on the King, besides those which the King put in the strong cities thoroughout all Iudah.
यिनीहरू यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।