< Psalms 15 >
1 A psalm of David. Who may enter your sanctuary, Lord? Who may come into your presence on your holy mountain?
दावीदको भजन। हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्न पाउनेछ?
2 Those who live without fault and do what is right, those who sincerely tell the truth.
त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
3 They do not slander, do not treat their neighbors badly, do not gossip about people they know.
जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन;
4 They reject people the Lord has rejected, but honor those who follow the Lord. They keep their promises even when it's hard to do. They don't change their minds.
जसले दुष्ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन;
5 They lend money without charging interest. They don't take bribes to testify against the innocent. Those who act like this will never ever fall.
जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।