< Philippians 4 >
1 So stand firm in the Lord, my dear friends who mean so much to me, who make me so happy! To me you are my crowning achievement! I truly love you and long to see you!
यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।
2 Euodia and Syntyche—I urge you to resolve your differences with each other and agree in the Lord.
इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु।
3 In fact, my faithful fellow-worker, let me ask you to help these women, for they worked together with me to spread the good news—as well as Clement and my other co-workers, whose names are recorded in the book of life.
अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्।
4 Always be happy in the Lord—I repeat, Be happy!
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
5 Everyone should know about your kindness. The Lord will soon be here.
तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।
6 Don't worry about anything, but take everything to God in prayer, explaining your requests to him and thanking him for all he does.
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
7 Then the peace that comes from God, which is better than we can ever imagine, will protect your thoughts and attitudes in Christ Jesus.
तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
8 Lastly, whatever is true, honorable, right, pure, beautiful, commendable, whatever is truly good and deserves to be praised, think about these kinds of things.
अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
9 Put into practice what you learned and received from me, what you saw me doing and heard me say. Then the God of peace will be with you.
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
10 I'm so happy in the Lord that you've at last thought about me again—realizing that you were concerned about me before but you couldn't do anything about it.
प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ।
11 I'm not talking about my own needs, because I've already learned to be satisfied in whatever situation I find myself.
म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु।
12 I'm used to having nothing, and I've experienced having plenty too. In every possible situation I've learned the secret of dealing with having plenty and going hungry, of being rich and of living in poverty:
म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहने रहस्य मैले सिकेको छु।
13 I can do anything through him who makes me strong!
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
14 Even so it was good of you to share with me during my troubles.
मेरो कष्टमा सहभागी हुनु तिमीहरूको लागि असल हो।
15 You Philippians remember that right at the beginning of sharing the good news, when I left Macedonia, that yours was the only church that helped me financially.
यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन।
16 Even when I was in Thessalonica you helped me out not once but twice.
किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ।
17 Not that I'm looking for a donation—I'm looking for your “account” to increase in “profit.”
मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु।
18 For I have everything, more than I need! I'm thankful to receive from Epaphroditus the things you sent. They're like a sweet-smelling sacrifice that pleases God and that he approves of.
मैले पूरा मोल प्राप्त गरेको छु, र यो मेरो लागि पर्याप्त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्त गरेको छु। त्यो मिठो बास्नादार भेटी, परमेश्वरलाई ग्रहणयोग्य र प्रसन्न तुल्याउने बलिदान भएको छ।
19 My God will fill you with everything you need in accordance with his glorious wealth in Christ Jesus!
र मेरा परमेश्वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
20 Glory be to God the Father, forever and ever. Amen. (aiōn )
हाम्रा परमेश्वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन। (aiōn )
21 Greet every fellow-believer in Christ Jesus. The Christian brothers and sisters with me send their greetings.
ख्रीष्ट येशूमा परमेश्वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
22 All the believers send you greetings, especially those from Caesar's palace.
यहाँ भएका परमेश्वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
23 May the grace of the Lord Jesus Christ be with your spirit.
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।