< Lamentations 5 >
1 Lord, please remember what's happened to us. Look at us and see how we've been humiliated!
हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।
2 The land we used to own has been handed over to strangers, our houses have been given to foreigners.
हाम्रो उत्तराधिकार अपरिचितहरूलाई र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।
3 We have lost our fathers, and our mothers are widows.
हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।
4 The water we drink we have to pay for; our firewood comes at a price.
आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्नुपर्छ।
5 Like animals we're driven along with harnesses around our necks; we're worn out but don't find any rest.
हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।
6 We allied ourselves with Egypt and Assyria so we could have plenty of food.
हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
7 Our forefathers sinned and they're gone, but we're being punished for their sins.
हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
8 Servants of our conqueror rule over us; no one can save us from their power.
दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।
9 We take our lives in our hands when we look for food, because of the armed raiders in the desert.
मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,
10 Our skin is hot like an oven because of the fever caused by hunger.
हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ।
11 They raped women in Zion, virgins in the towns of Judah.
सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
12 Princes have been hung up by their hands; they show elders no respect.
शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
13 Young men are forced to work at hand-mills; boys stagger under bundles of wood.
जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
14 The elders have abandoned their places at the city gate; the young men have given up playing their music.
अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।
15 There's no more happiness for us; our dancing has turned into mourning.
हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो।
16 The crown has fallen from our head. What a disaster has come upon us because we have sinned!
हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार छ; किनभने हामीले पाप गरेका छौँ!
17 Because of all this, we're sick at heart; because of all these things, we can hardly look;
यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;
18 Because of Mount Zion, which has been abandoned, and where only foxes roam.
किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
19 But you, Lord, live forever! You rule for all generations!
हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
20 So why have you forgotten us for such a long time? Why have you abandoned us for so many years?
तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
21 Bring us back to you, Lord, so we can be with you again. Please remake our lives like they used to be.
यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,
22 Or have you have completely rejected us? Are you still really furious with us?
हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, र हामी तपाईंकहाँ फर्कन सकौँ; हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।