< Judges 5 >
1 That day Deborah and Barak, son of Abinoam, sang this song:
त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
2 “Israel's leaders took charge, and the people were totally committed. Praise the Lord!
“जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर!
3 Listen, kings! Pay attention, rulers! I, yes I, will sing to the Lord; I will praise the Lord, the God of Israel, in song.
“हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्वरका निम्ति म सङ्गीत बजाउनेछु।
4 Lord, when you set off from Seir, when you marched from the land of Edom, the earth shook, rain fell from the skies, the clouds poured down water.
“हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो।
5 The mountains melted in the presence of the Lord, the God of Sinai, in the presence of the Lord, the God of Israel.
सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्वरको सामु पहाडहरू पनि डरले काँपे।
6 In the days of Shamgar, son of Anath, in the days of Jael, people didn't use the main highways and stayed on winding paths.
“अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।
7 Village life in Israel was abandoned until I, Deborah, came on the scene as a mother in Israel.
इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ।
8 When the people chose new gods, then war arrived at their gates. Not even a shield or spear could be found among forty thousand warriors in Israel.
जब परमेश्वरले नयाँ अगुवाहरू चुन्नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए।
9 My thoughts are with the Israelite commanders and those people who volunteered. Praise the Lord!
मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्सेवकहरूसित छ, याहवेहको प्रशंसा गर!
10 You people riding white donkeys, sitting on comfortable blankets, traveling down the road, notice
“तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, जो महँगा गलैँचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, कुरालाई राम्ररी विचार गर,
11 what people are talking about as they gather at the watering holes. They describe the Lord's just acts and those of his warriors in Israel. Then the people of the Lord went to the town gates.
गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्। त्यहाँ तिनीहरू याहवेहका विजयहरूका वर्णन गर्छन्, इस्राएलमा गाँउलेहरूका विजयहरू। “त्यसपछि याहवेहका जनहरू तल सहरका मूलढोकाहरूमा गए।
12 ‘Wake up, Deborah, wake up! Wake up, wake up, sing a song! Get up, Barak! Capture your prisoners, son of Abinoam.’
‘उठ, दबोरा, उठ! उठ-उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ! धेरैलाई कैदी बनाऊ।’
13 The survivors went to attack the nobles, the people of the Lord went to attack the powerful.
“तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए।
14 Some came from Ephraim, a land that used to belong to the Amalekites; the tribe of Benjamin followed you with its men. Commanders came Makir; from Zebulun came those who carry a military officer's staff.
एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। माकीरबाट सेनापतिहरू ओर्लेर आए। जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए।
15 The leaders of Issachar supported Deborah and Barak; they raced into the valley following Barak. But the tribe of Reuben was very undecided.
इस्साखारका राजकुमारहरू दबोरासित थिए; हो, इस्साखार बाराकसित थिए; बाराकको आज्ञामा बेँसीमा पठाइएको। रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने काम धेरै भएको थियो।
16 Why did you stay at home in the sheepfolds, listening to shepherds whistling for their flocks? The tribe of Reuben really couldn't decide what to do.
गोठालाहरूले बोलाएको तीखो सोर सुन्नलाई तिमीहरू भेडागोठहरूमा किन बसिरह्यौ? रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।
17 Gilead remained on the other side of Jordan. Dan stayed with his ships. Asher sat still on the seacoast, not moving from his ports.
गिलाद यर्दनपारि नै बसे। अनि दान, त्यो किन जहाजहरूमा बसिरह्यो? आशेर समुद्रको किनारमा रह्यो र आफ्नै गुफाहरूमा बस्यो।
18 The people of Zebulun risked their lives; as did Naphtali on the high battlefields.
जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे; त्यसरी नै नप्तालीले पनि रणभूमिको मुखैमा होमिदिए।
19 Kings came and fought, the Canaanite kings fought at Taanach near the waters of Megiddo, but they didn't get any silver plunder.
“राजाहरू आए, तिनीहरूले युद्ध गरे; कनानका राजाहरूले मगिद्दोको पानीहरूको छेउमा भएको तानाकमा युद्ध गरे, तर तिनीहरूले लुटमा चाँदी लगेनन्।
20 The stars fought from heaven. The stars in their courses fought against Sisera.
आकाशबाट ताराहरूले युद्ध गरे, तिनीहरूका मार्गबाट तिनीहरूले सीसराको विरुद्धमा युद्ध गरे।
21 The Kishon River swept them away—the old river turned into a raging torrent! I bravely march on!
कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो। त्यो प्राचीन नदी, कीशोन नदी। हे मेरो प्राण, अगि बढ्; बलियो हो!
22 Then the horses' hooves flailed loudly, his stallions stampeded.
तब घोडाका टापहरू गर्जिउठे— उनीहरूका शक्तिशाली घोडाहरू चाँडो गरी दगुरे।
23 ‘Curse Meroz,’ says the angel of the Lord. ‘Totally curse those who live there, for they refused to come help the Lord, to help the Lord against the powerful enemies.’
याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप, त्यसका बासिन्दाहरूमाथि नराम्रोसँग श्राप! किनभने तिनीहरू याहवेहको सहायताको लागि आएनन्; याहवेहलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’
24 Jael, the wife of Heber the Kenite is to be praised the most among women. She deserves praise above all other women who live in tents.
“याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्, केनी हेबेरकी पत्नी, पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।
25 He asked for water, and she gave him milk. In a bowl fit for nobles she brought him buttermilk.
सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्।
26 With one hand she picked up the tent peg, and with her right hand she held a workman's hammer. She hit Sisera and smashed his skull; she shattered and pierced his temple.
तिनको हातमा पालको किला पर्यो; तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्यो। तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्, तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्ल पारिदिइन्।
27 At her feet he collapsed, he fell, he lay motionless. At her feet he collapsed, he fell; where he collapsed, there he fell, his life plundered from him.
तिनका खुट्टामा त्यो घोप्ट्यो, त्यो लोट्यो, र पल्टियो। तिनकै खुट्टामा त्यो घोप्टेर पल्टिरह्यो; त्यो पल्टेको ठाउँमा त्यो मर्यो, र त्यहीँ पल्टिरह्यो।
28 Sisera's mother looked out from the window. Through the latticed window she cried out, ‘Why is his chariot taking so long to come? Why is the sound of his chariot arriving so delayed?’
“सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्; आँखीझ्यालको पछिल्तिरबाट तिनी चिच्याएर भनिन्, ‘तिनका रथ आउनलाई किन ढिलो भयो? तिनको रथका खटखट आवाज आउन किन ढिलो भयो?’
29 The wisest of her ladies tells her, and she repeats the same words to herself,
तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्; साँच्चै उनले आफूसित भन्ने गर्छिन्,
30 ‘They're busy dividing up the plunder and assigning a girl or two for each man. There'll be colorful clothes for Sisera as plunder; beautifully embroidered colorful clothes as plunder; double-embroidered clothing reaching to the neck as plunder.’
‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र? प्रत्येक मानिसका निम्ति एउटी वा दुईटी स्त्रीहरू, सीसराका निम्ति लुटेका रङ्गीन कपडाहरू, बुट्टेदार रङ्गीन कपडाहरू; मेरो गलाको निम्ति अति बुट्टेदार कपडाहरू— यो सबै लुटसरह हुँदैनन् र?’
31 May all your enemies die like this, Lord, but may those who love you shine like the sun in all its brilliance!” The land was at peace for forty years.
“हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्! तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।” त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो।