< Joshua 21 >
1 The leaders of the tribe of Levi approached Eleazar the priest, Joshua the son of Nun, and the leaders of the Israelite tribes.
त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।
2 They spoke to them at Shiloh in Canaan, saying, “The Lord gave instructions through Moses to give us towns to live in, and pastures for our flocks.”
तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”
3 So, following the Lord's instructions, the Israelites gave towns and pastures to the Levites from their own allocations.
त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्न सहरहरू दिए ।
4 The lot was cast for the families of the Kothaites. These Levites, descendants of Aaron, were allotted thirteen towns from the tribes of Judah, Simeon, and Benjamin.
कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।
5 The remaining families of the descendants of Kothah were allotted ten towns from the tribes of Ephraim, Dan, and the half-tribe of Manasseh.
बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।
6 The families of the descendants of Gershon were allotted thirteen towns from the tribes of Issachar, Asher, Naphtali, and the half-tribe of Manasseh living in Bashan.
त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।
7 The families of the descendants of Merari were allotted twelve towns from the tribes of Reuben, Gad, and Zebulun.
मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।
8 So the Israelites gave the Levites by lot these towns and pastures, as the Lord had instructed through Moses.
त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।
9 They gave from the tribe of Judah and the tribe of Simeon the following towns, specifically named,
यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।
10 to the families of the Kothaites, descendants of Aaron, of the tribe of Levi, since the first lot fell to them:
यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्यो ।
11 Kiriath-arba (or Hebron), in the hill country of Judah, together with the pastures around it. (Arba was the forefather of Anak.)
इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।
12 But the more distant fields from the town and the villages had been given to Caleb son of Jephunneh to own.
तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।
13 They gave to the descendants of Aaron the priest the following towns and their pastures: Hebron (a sanctuary town for those who accidentally committed murder), Libnah,
तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्ना,
यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।
तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,
16 Ain, Juttah, and Beth-shemesh—nine towns from these two tribes.
यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।
17 From the tribe of Benjamin the following four towns and their pastures: Gibeon, Geba,
बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,
यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।
19 So in total thirteen towns and their pastures were given to the priests, the descendants of Aaron.
हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।
20 As for the remaining families of the children of Kothah from the tribe of Levi, they were given by lot four towns and their pastures from the tribe of Ephraim:
बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।
21 Shechem in the hill country of Ephraim (a sanctuary town for those who accidentally committed murder), Gezer,
तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,
22 Kibzaim, and Beth-horon.
यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।
23 From the tribe of Dan, the following four towns and their pastures: Eltekeh, Gibbethon,
दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्बतोन,
24 Aijalon, and Gath-rimmon.
यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।
25 From the half-tribe of Manasseh the following two towns and their pastures: Taanach and Gath-rimmon.
मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्मोन गरी दुईवटा सहर दिइयो ।
26 So in total ten towns and their pastures were given to remaining families of the descendants of Kothah.
तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
27 The families of the descendants of Gershon from the tribe of Levi received the following two towns and their pastures from the half-tribe of Manasseh: Golan in Bashan (a sanctuary town for those who accidentally committed murder), and Be-eshterah.
मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।
28 From the tribe of Issachar the following four towns and their pastures: Kishion, Daberath,
गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,
29 Jarmuth, and En-gannim.
यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्नीम गरी चारवटा सहर दिए ।
30 From the tribe of Asher the following four towns and their pastures: Mishal, Abdon,
आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,
यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।
32 From the tribe of Naphtali the following three towns and their pastures: Kedesh in Galilee (a sanctuary town for those who accidentally committed murder), Hammoth-dor, and Kartan.
नप्तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।
33 So in total thirteen towns and their pastures were allotted to the families of Gershon.
गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।
34 The families of the descendants of Merari, those remaining from the tribe of Levi, received the following four towns and their pastures from the tribe of Zebulun: Jokneam, Kartah,
बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्नाम, यसको खर्कसहित कर्तह,
यसको खर्कसहित दिम्ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।
36 From the tribe of Reuben the following four towns and their pastures: Bezer, Jahaz,
मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,
37 Kedemoth, and Mephaath.
यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।
38 From the tribe of Gad the following four towns and their pastures: Ramoth in Gilead (a sanctuary town for those who accidentally committed murder), Mahanaim,
गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।
मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।
40 So in total twelve towns were allotted to the families of Merari, those remaining from the tribe of Levi.
यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।
41 The Levites received a total of forty-eight towns and pastures within the land of the Israelites.
लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।
42 Each of these towns had pastures around them.
यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
43 And so the Lord gave to the Israelites all the land he had promised their ancestors. They took possession of it and settled there.
यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
44 The Lord gave them peace on every side as he had promised their ancestors. Not a single one of their enemies could stand against them, for the Lord had handed their enemies over to them to defeat.
त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
45 Not a single one of the good things the Lord promised Israel had failed; everything had come true.
परमप्रभुले इस्राएलको घरानालाई भन्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।