< Job 21 >
2 “Please listen carefully to what I say—that would be one comfort you could give me.
“मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्; र यही नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्।
3 Bear with me; let me speak. After I've spoken you can resume mocking me.
म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्, र मैले बोलिसकेपछि मेरो गिल्ला गर्दैरहनुहोस्।
4 Am I complaining against people? Of course not. Why shouldn't I be impatient?
“के मेरो गुनासो मानिसहरूसँगको हो र? म किन अधैर्य नहुनु?
5 Just take a look at me. Aren't you appalled? Cover your mouth with your hand in shock!
मलाई हेर्नुहोस् र अचम्म मान्नुहोस्; छक्क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्।
6 Every time I think of what's happened to me I am horrified and I shake all over with fear.
जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; मेरो शरीर डरले काँप्छ।
7 Why do the wicked continue to live, to grow old and increasingly powerful?
दुष्ट मानिसहरू किन दीर्घायु हुन्छन्, तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्?
8 Their children are with them; they watch their grandchildren grow up.
तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्।
9 They live in their homes in safety—they are not afraid. God does not use his rod to beat them.
तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; परमेश्वरको छडी तिनीहरूमाथि पर्दैन।
10 Their bulls always breed successfully; their cows give birth to calves and do not miscarry.
तिनीहरूका साँढेहरू प्रजनन्मा कहिल्यै असफल हुँदैनन्; तिनीहरूका गाईहरू बियाउँछन्, र तुहिँदैनन्।
11 They send out their little ones like lambs to play; their children dance around.
तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्; तिनीहरूका स-साना केटाकेटीहरू नाच्दै उफ्रन्छन्।
12 They sing accompanied by the tambourine and lyre; they celebrate with the music of the flute.
तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्।
13 They live out their lives contentedly, and go down to Sheol in peace. (Sheol )
तिनीहरूले आफ्ना वर्षहरू सम्पन्नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्। (Sheol )
14 Yet they tell God, ‘Get lost! We don't want anything to do with you.
तापनि तिनीहरूले परमेश्वरलाई यसो भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई तपाईंका मार्गहरू जान्ने इच्छा छैन।
15 Who does the Almighty think he is for us to serve him as slaves? What benefit is there for us if we pray to him?’
सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ? उहाँलाई प्रार्थना गरेर हामीलाई के नै लाभ हुन्छ र?”
16 Such people believe they make their own fortune, but I don't accept their way of thinking.
तर तिनीहरूको उन्नति तिनीहरूको आफ्नो हातमा छैन, यसकारण म दुष्ट मानिसहरूको सल्लाहबाट धेरै टाढा रहन्छु।
17 How often is the lamp of the wicked snuffed out? How often does disaster come upon them? How often does God punish the wicked in his anger?
“तरै पनि दुष्ट मानिसको बत्ती कति पल्ट निभ्छ र? तिनीहरूमाथि कति पल्ट विपत्ति आउँछ र, परमेश्वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र?
18 Are they blown along like straw in the wind? Does a tornado come in and carry them away?
तिनीहरू कति पल्ट बतासको अगाडिको परालजस्तै, र आँधीले उडाएको भुसजस्तै भएका छन् र?
19 Some say, ‘God saves up people's punishment for their children.’ But I say, ‘God should punish those people themselves so that they can learn from it.’
यसो भनिएको छ, ‘परमेश्वरले दुष्ट मानिसहरूको दण्ड त्यसका छोराछोरीहरूका निम्ति साँचेर राख्नुहुन्छ।’ उहाँले त्यस दुष्टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्!
20 Let them see their destruction themselves, and drink deeply from God's anger.
तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; तिनीहरूले सर्वशक्तिमान्को क्रोधको कचौरा पिऊन्।
21 For they don't care what happens to their families once they're dead.
जब तिनीहरूका तोकिएका महिनाहरू समाप्त हुन्छन्, तिनीहरूले आफूले छोडेर जाने परिवारको निम्ति के वास्ता गर्छन् र?
22 Can anyone teach God anything he doesn't already know, since he is the one who judges even heavenly beings?
“यदि परमेश्वरले सर्वोच्चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ?
23 One person dies in good health, totally comfortable and secure.
कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, पूर्ण रूपले सुरक्षित र सुखमा,
24 Their body is fat from eating well; their bones still strong.
हृष्टपुष्ट शरीरमा, हड्डी मासीले भरिएको अवस्थामा मर्छ।
25 Another dies after a miserable life without every experiencing happiness.
तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, आफ्नो प्राणको तितोपनामा मर्छ;
26 Yet they are both buried in the same dust; they are treated alike in death, eaten by maggots.
ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्, र ती दुवैलाई किराहरूले ढाक्दछन्।
27 Look, I know what you're thinking, and your schemes to do me wrong.
“तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, मलाई हानि पुर्याउने तपाईंहरूको दुष्ट योजना मलाई थाहा छ।
28 You may ask me, ‘Where is the home of the great man? Where is the place where the wicked live?’
तपाईंहरूले भन्नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ, त्यो पाल जहाँ दुष्ट मानिस बस्दछ?’
29 Haven't you asked people who travel? Don't you pay attention to what they tell you?
के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन—
30 Wicked people are spared in times of disaster; they are rescued from the day of judgment.
कि दुष्ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?
31 Who confronts them with their actions? Who pays them back for what they have done?
कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र?
32 When they eventually die and are carried to the graveyard, their tomb is guarded. The earth of the grave softly covers them.
तिनीहरूलाई चिहानमा लगिन्छ, र तिनीहरूको चिहानमाथि पहरा लगाइन्छ।
33 Everyone attends their funeral service; a huge procession of people comes to pay their last respects.
बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; प्रत्येक मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र असंख्य भीड तिनीहरूको अगि लाग्छन्।
34 Why do you try to comfort me with worthless nonsense? Your answers are just a pack of lies!”
“यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!”