< Isaiah 55 >

1 Come, everyone of you who's thirsty, come and drink the water! You who don't have money, come—you can buy and eat! Come and buy wine and milk—you don't need money; there's no cost!
“हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन!
2 Why are you spending money on what isn't food, and why work for something that doesn't satisfy you? Listen carefully to me: eat what is good, and you'll enjoy the very best food.
जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ; अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्।
3 Come here, and pay attention, so you can truly live. I'm going to make an agreement with you that will last forever, based on the trustworthy love I showed to David.
कान थाप र मकहाँ आओ; मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक। म तिमीहरूसित अनन्तको करार बाँध्नेछु; दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।
4 See how I made him a witness to the peoples, a leader and commander for them.
हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु; मानिसहरूका शासक र सेनापति ठहराएको छु।
5 You will call nations you don't even know, and nations who don't know you will come running to you. For the Lord your God, the Holy One of Israel, I made you glorious.
निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ; अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारण तिमीहरूलाई नचिनेका जातिहरू तिमीहरूतिर हतारसाथ आउनेछन्; किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”
6 Look for the Lord while you can still find him; call out to him while he's nearby.
जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
7 Wicked people should change their ways and get rid of even the thought of doing something wrong. They should turn to the Lord so he can be merciful to them. Come back to our God, because he's generous with his forgiveness.
दुष्‍टले आफ्नो चाल, र अधर्मीले आफ्नो विचार त्यागोस्। तिनीहरू याहवेहतिर फर्कून्, र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ; अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्; किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।
8 For your thoughts are not my thoughts; and your ways are not my ways, declares the Lord.
“किनकि मेरा विचार तिमीहरूका विचार होइनन्, न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्” याहवेह घोषणा गर्नुहुन्छ।
9 In the same way the heavens are higher than the earth, my ways are higher than your ways, and my thoughts higher than your thoughts.
“जसरी आकाश पृथ्वीभन्दा उच्‍च छ, त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्‍च छन्; अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्‍च छन्।
10 It's like the rain and snow that fall from heaven. They don't go back there until they've watered the earth, making plants grow and flower, providing seeds for the sower and food to eat.
जसरी वर्षा र हिउँ आकाशबाट तल झर्छ, र पृथ्वीलाई नभिजाएसम्म र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, त्यसले छर्नेलाई बिउ र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;
11 In the same way the words I say don't come back to me unfulfilled, they accomplish what I want—they successfully achieve my purpose.
त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर त्यसले मैले इच्छा गरेको काम सम्पन्‍न गर्छ; अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्‍त गर्छ।
12 You will live happily, taught the ways of peace. Mountains and hills will celebrate, singing beside you; and all the trees will clap their hands!
तिमीहरू आनन्दमा जानेछौ, र शान्तिमा डोर्‍याइनेछौ; पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु जोडसित गीत गाउनेछन्; अनि वनका रूखहरूले ताली बजाउनेछन्।
13 Cypress trees will grow instead of thorn bushes; myrtle trees will grow instead of brambles. This is to confirm the Lord's reputation—an everlasting sign, never to be destroyed.
काँडाहरूको सट्टा सल्‍लाका रूखहरू उम्रनेछन्; अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ; त्यो कुरा याहवेहको ख्यातिको निम्ति अनन्तको चिन्हको रूपमा हुनेछ, जुन सदाको निम्ति रहनेछ।”

< Isaiah 55 >