< Exodus 27 >
1 Make an altar of acacia wood. It is to be square and measure five cubits long by five cubits wide by three cubits high.
तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ ।
2 Make horns for each of its corners, all one piece with the altar, and cover the whole altar with bronze.
त्यसका चारवटै कुनामा गोरुको सिङजस्तो आकार बनाउनू । वेदी र त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।
3 Make all its utensils of bronze: buckets for removing ashes, shovels, sprinkling bowls, meat forks, and firepans.
वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।
4 Make a bronze mesh grate for it with a bronze ring on each of its corners.
वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि
5 Put the grate under the ledge of the altar, so that the mesh comes halfway down the altar.
चारै कुनामा काँसाका चारवटा मुन्द्रा लगाउनू । जाली वेदीको बिचसम्मै पुग्ने गरी यसलाई वेदीको मुनिपट्टिको बिटमुनि राख्नू ।
6 Make poles of acacia wood for the altar and cover them with bronze.
वेदीको लागि बबुल काठका डन्डाहरू बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।
7 The poles are to be placed in the rings so that the poles are on either side of the altar when it is carried.
डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन् ।
8 Make the altar hollow, using boards, just as you were shown on the mountain.
फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।
9 Make a courtyard for the Tabernacle. For the south side of the courtyard make curtains of finely-spun linen, a hundred cubits long on one side,
पवित्र वासस्थानको लागि चोक बनाउनू । चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्नू जसका लमाइ एक सय हात होऊन् ।
10 with twenty posts and twenty bronze stands, with silver hooks and bands on the posts.
तिनका खम्बाहरू बिसवटा र आधार पनि बिसवटै काँसाका होऊन् । खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन् ।
11 Similarly there are to be curtains placed on the north side in an identical arrangement.
त्यसै गरी, उत्तरपट्टि एक सय हात लामो पर्दाहरू होऊन्, अनि तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि बिसवटा काँसाका होऊन् अनि अङ्कुसेहरू चाँदीका फित्ताहरू पनि गाँसिऊन् ।
12 The curtains for the west side of the courtyard are to be fifty cubits wide, with ten posts and ten stands.
चोकको पश्चिमपट्टि पचास हात लामो पर्दा राख्नू । दसवटा खम्बा र दसवटा आधार राख्नू ।
13 The east side of the courtyard that faces the sunrise is to be fifty cubits wide.
चोकको पूर्वपट्टि पचास हात होस् ।
14 Make the curtains on one side fifteen cubits long, with three posts and three stands,
प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
15 and the curtains on the other side just the same.
अर्कोपट्टि पनि पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका पनि तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
16 The entrance to the courtyard is to be twenty cubits wide, with a curtain embroidered with blue, purple, and crimson thread, and finely-spun linen, held up by four posts and four stands.
चोकको द्वारमा राखिने पर्दा बिस हातको होस् । यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चारवटा खम्बा र चारवटा आधार होऊन् ।
17 All the posts around the courtyard are to have silver bands, silver hooks, and bronze stands.
चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन् ।
18 The whole courtyard is to be a hundred cubits long and fifty cubits wide, with curtains made of finely-spun linen five cubits high, and with bronze stands.
चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस् । यसका पर्दाहरूको उचाइ पाँच हातको होस् । ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन् ।
19 All the rest of the equipment used in the Tabernacle, including its tent pegs and those for the courtyard, are to be made of bronze.
पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीसाथै पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन् ।
20 You are to order the Israelites to bring you pure, hand-pressed olive oil for the lamps so they can go on burning, giving light.
तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून् ।
21 In the Tent of Meeting, outside the veil in front of the Testimony, Aaron and his sons are to keep the lamps burning in the Lord's presence from evening until morning. This requirement is to be observed by the Israelites for all generations.
भेट हुने पालमा गवाहीको सन्दुक राखिने पवित्र वासस्थानको पर्दाको अगाडिपट्टि हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालिरहून् । इस्राएलका मानिसहरूका पुस्तौँसम्म यो रहिरहिने विधि होस् ।